Tuesday, June 23, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राष्ट्रपति ट्रम्पको विदेश नीतिप्रति धेरै अमेरिकी बेखुश,परिपक्वता देखाएनन

माघ १४, २०७५ २:१६ मा प्रकाशित
मेक्सिको पर्खालको बजेट पारित नभए विशेषाधिकार – राष्ट्रपति ट्रम्प

President Donald Trump signs H.R. 2, the "Agriculture Improvement Act of 2018," in the South Court Auditorium of the Eisenhower Executive Office Building, on the White House complex, Thursday, Dec. 20, 2018, in Washington. (AP Photo/Jacquelyn Martin)

Share on FacebookShare on Twitter

वासिङ्टन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिप्रति अधिकांश अमेरिकी जनता विपक्षमा रहेको एक जनमत सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागी आधाभन्दा बढी अमेरिकीले अर्को वर्ष अमेरिकाको विश्वव्यापी उपस्थिति अझ कमजोर हुने पनि बताएका छन् ।

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस र एनओआरसीले गरेको संयुक्त जनमत सर्वेक्षणमा सिरिया र सम्भवत अफगानिस्तानबाट अमेरिकी सेना हटाउने राष्ट्रपति ट्रम्पको योजनाका बारेमा पनि अमेरिकी समाज विभाजित देखिएको छ ।

समग्रमा, सर्वेक्षणमा सहभागीले राष्ट्रपति ट्रम्पले विदेश नीति सञ्चालनमा परिपक्वता नदेखाएको भन्दै न्यून अङ्क दिएका छन् । सहभागीमध्ये ३५ प्रतिशतले राष्ट्रपतिका नीतिलाई समर्थन गरेका छन् भने ६३ प्रतिशतले अस्वीकार गरेका छन् । अरु विषय झैं, पक्षधरताको विषय निकै रोचक देखिएको छ । रिपब्लीकन पार्टीसँग आबद्ध व्यक्तिहरुमध्ये ७६ प्रतिशतले राष्ट्रपति ट्रम्पका नीतिको समर्थन गरेका छन् जबकी ८ प्रतिशत डेमोक्र्याटले राष्ट्रपतिका कदमको समर्थन गरेका छन् ।

“रसिया होस् वा उत्तर कोरिया, दुबै मुलुकसँगको सम्बन्धमा सुधार आउने सम्भावना कमै छ,” कोलम्बियाकी ३० वर्षीया शिक्षिका समान्था फ्लावर्सले बताउनुभयो । “साथै, छिमेकी मुलुकहरु खासगरी मेक्सिकोसँगको सम्बन्धमाथि पनि विचार गरौं न । ट्रम्पले समर्थन गरेपनि उनीहरु अमेरिकी मूल्यमान्यता विपरीत चलिरहेका छन्,” उहाँले बताउनुभयो ।

उटाह राज्यको अग्डेनका ६५ वर्षीय ट्रक चालक रिचार्ड क्लिभल्यान्ड भने असहमति जनाउनुहुन्छ । उहाँ राष्ट्रपति ट्रम्पका नीति र विदेश नीतिको खुलेर समर्थन गर्नुहुन्छ । “मेरो विचारमा राष्ट्रपतिले उत्तर कोरियासँगको सम्बन्ध सुधारका लागि राम्रो काम गरिरहनु भएको छ । उहाँले विगतमा कसैले गरेकोभन्दा राम्रो गर्नुभएको छ,” उहाँले भन्नुभयो । उहाँलाई सिंगापुरमा गतवर्ष राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ उनबीच वार्ता भएको राम्रैसँग थाहा छ ।

उहाँले उत्तर कोरियाले आणविक हातहतियार विसर्जन गर्नेतर्फ ठोस कार्य गर्नसके ठूलो उपलब्धि मान्न सकिने पनि बताउनुभयो ।

विदेशी भूमिमा जारी युद्धमा अमेरिकी सेनाको उपस्थिति र सहभागिताका बारेमा पनि मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । करिब ३९ प्रतिशत अमेरिकीहरुले सिरियामा तैनाथ करिब २ हजार अमेरिकी सेना फिर्ता गर्नु ठीक रहेको बताएका छन् भने करिब ३५ प्रतिशतले यो कदम सही नभएको बताएका छन् । राष्ट्रपतिको कदमलाई ५६ प्रतिशत रिपब्लीकनले समर्थन गरेका छन् भने २६ प्रतिशत डेमोक्र्याटले मात्र राष्ट्रपतिको उक्त कदम ठीक भएको बताएका छन् ।

“मेरो विचारमा इराक, अफगानिस्तान र सिरियाबा अमेरिकी सेना घर फर्किने अहिले उपयुक्त समय हो,” क्लिभल्यान्डले बताउनुभयो । “म भियतनाममा हुँदा पनि मैले मेरा थुप्रै असल साथीहरु गुमाएको थिएँ । मेरो विचारमा त्यो पनि मूर्खतापूर्ण युद्ध थियो ।”

गत महिना राष्ट्रपति ट्रम्पले सिरियामा रहेका इस्लामिक स्टेट समूहका लडाकूहरु परास्त भएको घोषणा गर्नुभएको थियो । उहाँले त्यहाँ तैनाथ सबै सेना तत्कालै फिर्ता गर्ने बताउनुभएको थियो । राष्ट्रपतिको उक्त घोषणाप्रति विमती जनाएर रक्षामन्त्री जिम म्याटिसले राजीनामा गर्नुभएको थियो भने अमेरिकी गठबन्धनमा आबद्ध मुलुक र समूहहरुले चर्को आलोचना गरेका थिए । पछि, ट्रम्प र उहाँका सहयोगीले सेना फिर्तीको समयावधि परिवर्तन गर्नुभएको थियो । सिरियाबाट सबै अमेरिकी सेनालाई सुरक्षित रुपमा फिर्ता गर्न महिनौं लाग्ने बताइएको थियो ।

अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीका विषयमा पनि मतान्तर देखिएको छ । करिब ४१ प्रतिशत अमेरिकीले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता उपयुक्त रहेको बताएका छन् भने करिब ३० प्रतिशतले अस्वीकार गरेका छन् ।

“हाम्रो सैनिक विश्वकै प्रहरीजस्तो हुनु ठीक होइन,” टेनेसीको ब्रिस्टोल निवासी ४४ वर्षीय रोबर्ट ग्रान्गरले बताउनुभयो । “हामीले अमेरिकी सेना सबै मुलुकबाट फिर्ता गर्नुपर्दछ ।”

करिब ४१ प्रतिशत डेमोक्र्याटहरु विश्वभर अमेरिकी भूमिका बढाउनुपर्ने पक्षमा देखिएका छन् भने २३ प्रतिशतले अमेरिकी भूमिका सामान्य सक्रिय मात्र हुनुपर्ने बताएका छन् । अरु करिब ३२ प्रतिशत डेमोक्र्याटले मुलुकको हालको भूमिका ठीकै रहेको बताएका छन् ।

रिपब्लीकन पार्टीसँग आबद्धहरुको विश्व दृष्टिकोण फरक छ । दशमध्ये चार जना रिपब्लीकनको भनाइमा विश्वका समस्या समाधानमा अमेरिकी भूमिका थोरै हुनुपर्दछ, जबकी ४६ प्रतिशतले विश्व मामिलामा हालको अमेरिकी भूमिका ठीक रहेको बताएका छन् । करिब १३ प्रतिशत रिपब्लीकनले विश्वमा अमेरिकी भूमिका अझ सक्रिय हुनुपर्ने जनाएका छन् ।

रिपब्लीकनहरुको सोचाइमा विश्वमा अमेरिकी उपस्थिति र अरु मुलुकसँगको सम्बन्ध अर्को वर्ष अझ सुधार हुनेछ । तर, डेमोक्र्याटको विचारमा अमेरिकाको साख अझ कमजोर हुनेछ ।

(रासस/एपी)
फाइल फाेटाे

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result