Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मुस्ताङमा हिमपात : थासाङमा न विद्युत् न सञ्चार, बाजुरामा हिउँले विद्यालय भत्कियो, दोलखामा हिउँ खेल्न पर्यटकको घुइँचो

माघ १४, २०७५ २:५१ मा प्रकाशित
मुस्ताङमा हिमपात : थासाङमा न विद्युत् न सञ्चार, बाजुरामा हिउँले विद्यालय भत्कियो, दोलखामा हिउँ खेल्न पर्यटकको घुइँचो

lxpFdf /dfpFb} afnaflnsf x'Dnf l;dsf]6sf afnaflnsf lxpFdf /dfpFb} . t:jL/M bfg] af]x/f, x'Dnf,/f;;

Share on FacebookShare on Twitter

मुस्ताङ ।  हिमाली जिल्ला मुस्ताङको उप्पलो मुस्ताङ, लेते, कैशाङ र मुक्तिनाथ क्षेत्रमा पुन हिउँ परेको छ ।

एक सातादेखि थासाङ गाउँपालिकामा हिउँ पर्न शुरु भएको थियो । हिमपात पश्चात गत शुक्रबारदेखि विद्युत् र सञ्चार सेवाबाट थासाङ गाउँपालिका वञ्चित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

नेपाल टेलिकम मुस्ताङका कार्यालय प्रमुख हुमबहादुर भुजेलले विद्युत्को समस्याले गर्दा सञ्चारमा समस्या भएको बताउनुभयो । उहाँका अनुसार हिउँ परेपछि विद्युत् नहुँदा टावर सञ्चालन गर्न सकिएको छैन ।

थासाङसँगै बारागुङ–मुक्तिक्षेत्र गाउँपालिकका केही वडामा टेलिकमको सेवा प्रभावित भएको छ । विद्युत् र सञ्चार सेवा नभएकोले थासाङ गाउँपालिकाको पर्यटकीय गन्तब्य सेकोङ ताल, टिटी ताल, नाउरीकोट, गुरुसाङबो गुफा, घुम्न आउने पर्यटक, कृषक कार्यालय तथा होटल व्यवसायीलाई विशेष मर्का परेको थासाङ गाउँपालिकाका–२ का वडा अध्यक्ष नरप्रसाद हिराचनले जानकारी दिनुभयो ।

जोमसोम विमानस्थलको हिउँ पग्लिए पनि लेते र मुक्तिनाथमा हिउँ परेको कारणले हवाइ उडान नभएको जोमसोम नागरिक उड्डयनका कार्यालय निमित्त प्रमुख विशाल बरुनले बताउनुभयो । भारी हिमपातले लगातार तीन दिनबाट जोमसोम विमानस्थलमा हवाई उडान नभएको बरुनले बताउनुभयो । पोखरा–जोमसोम हवाई रुटमा दैनिक दुई वटा तारा एयरले उडान भर्ने गरेको थियो ।

लगातारको हिमपातका कारण विश्व प्रसिद्ध मनाङ हुँदै ५,४१६ मिटरको थोरङला पास गरेर मुस्ताङ आउने पर्यटकहरु मुस्ताङ आउन नसकेको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख तुलसी दाहालले बताउनुभयो । भारी हिमपातका कारण उपल्लो मुस्ताङ घुम्न आएका दूई अमेरिकी पर्यटक र जापनी पर्यटक कागबेनीमै अलपत्र परेको दाहालले जानकारी दिनुभयो ।

 

बाजुरामा हिउँले विद्यालय भत्कियो

 लगातारको हिमपातले बाजुराको बूढीनन्दा नगरपालिका–३ को एक सामुदायिक विद्यालयको भवन भत्किएको छ । चोलुमा रहेको जनविकास आधारभूत विद्यालयको दुईकोठे भवन भत्किँदा विद्यार्थीको दिवा खाजाका लागि राखिएको चामल, दाल तेललगायतका सामग्री पुरिएको प्रधानाध्यापक पद्मलाल रेग्मीले जानकारी दिनुभयो ।

विद्यालयका दुई कोठा भत्किएपछि विद्यार्थीलाई चिसो मौसममा पठन–पाठनमा समेत समस्या भएको प्रधानाध्यापक रेग्मीले बताउनुभयो । कक्षा कोठामा राखिएको दिवा खाजाको सामग्रीसहित काठसमेत छोपिँदा विद्यालयको झण्डै ६ लाख बराबरको सामानमा क्षति भएको छ ।

दोलखामा हिउँ खेल्न पर्यटकको घुइँचो

चरिकोट  दोलखाको उच्च भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै हिउँ खेल्न आउने पर्यटकको घुइँचो लागेको छ ।
जिल्लाको पर्यटकीय क्षेत्र कालीञ्चोक, शैलुङ, खरिढुङ्गा, जिरी, च्योर्दुङ, खावालगायत उच्च भूभागमा बाक्लो हिमपात भएको छ । हिमपात पछि दोलखामा हिउँ खेल्नकै लागि दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जिल्ला आउने अधिकांश पर्यटकको पहिलो रोजाइ कालीञ्चोक परेको छ । पर्यटक प्रायः कालीञ्चोकको कुरी जाने, हिउँसँग रमाउने र केबुलकार चढ्ने उद्देश्यले दोलखा आउने गरेको पाइएको छ ।

हिउँमा रमाउँदै युवा
हिउँसँग मनोरञ्जन लिँदै हुम्ला सिमकोटका स्थानीय युवा । तस्वीरः दाने बोहरा, हुम्ला, रासस

राजधानीबाट नजिक रहेको दोलखामा शुक्रबार र शनिबार मात्र करीब १० हजार पर्यटक हिउँ खेल्न दोलखा आएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुन्दर कार्कीले बताउनुभयो । कालीञ्चोकको कुरीमा मात्र करीब तीन हजार पर्यटक राख्न सकिने होटल सञ्चालनमा छन् । ती सबै होटल एक सातासम्मका लागि बुकिङ भइसकेको होटल सुनपातीका सञ्चालक हरि ओलीले बताउनुभयो । “होटल सबै बुकिङ भए पनि बाक्लो हिमपातका कारण गाडी पाँच किमी तलबाटै कुरीसम्म पुग्न नसकेकोलो समस्या भएको उहाँले बताउनुभयो ।”

हिउँका कारण गाडी सचालनमा आउन नसक्दा कालीञ्चोक हिँडेकाहरू कुरीबाट माथि जान सकेका छैनन् । कुरीसम्म पुग्नका लागि समस्या भएपछि चरिकोटक होटल समेत भरिभराउ छन् । हाल पनि निरन्तर हिउँ परिरहेको हुँदा कालीञ्चोकमा पिउने पानीको सबैभन्दा ठूलो समस्या भएको स्थानीय होटल व्यवसायी सोनाम शेर्पाले बताउनुभयो । ट्याङ्करबाट पानी ल्याउने गरिएकामा हिउँका कारण यातायात अवरुद्ध भएकाले खाद्यान्नसमेत अभाव हुन थालेकाले कालीञ्चोकका सबै होटल बन्द गर्नुपर्ने स्थिति आउँछ उहाँले भन्नुभयो कालीञ्चोकमा यातयात सञ्चालन गरी खाद्यान्न तथा पानीको आपूर्ति सहज बनाउन प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख वासुदेव पाठकले बताउनुभयो ।”

केही दिनदेखि लगातार हिमपात भएसँगै कुरी तथा कालीञ्चोक मन्दिर आसपासमा तीन फिटभन्दा बढी हिँउ जमेको छ । अठतीस हजार बयालिस मिटरको उचाइमा रहेको कालीञ्चोकमा पुसदेखि फागुनसम्म हिमपात हुने गर्छ । राजधानी काठमाडौँबाट १३३ किमी को सडक यातयताबाट चरिकोट पुगेपछि १७ किमी दूरी पार गरेर कालीञ्चोक पुग्न सकिन्छ । हिमपातसँगै सय थुम्का रहेका शैलुङमा पनि हिउँ खेल्न आउने पर्यटको सङ्ख्या वृद्धि भएको शैलुङ गाउँपालिका प्रमुख भरत दुलालले बताउनुभयो । जिल्लाको खरीढुङ्गा, च्योर्दुङ, खावा, डाँङ्डगे डाँडालगायत क्षेत्रमा पनि हिउँ खेल्ने आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ ।

रासस
–––

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result