इटहरी । माेफशलकाे मेची नेत्रायल फुटबल क्लबलाई ४–१ गाेल अन्तरले हराउदै विभागिय टिम त्रिभुवन आर्मी क्लब मदन भण्डारी स्मृति अन्तराष्ट्रिय इटहरी गोल्डकप प्रतियोगिताको फाइनलमा पुगेकाे छ ।
इटहरीमा बुधवार भएकाे खेलमा आर्मी उपहार गाेलबाट अग्रता लियाे । १० औं मिनेटमा ओलासुलेले आत्माघाती गोल गरे । त्यस पछि पहिलो हाफ सकिनै लाग्दा सन्तोष तामाङले आर्मीकाे अन्तर दुगुना पारे । दोस्रो हाफमा विवेक बस्नेत र भरत खवासले गोल गरे ।
उपाधिका लागी आर्मीले अब मनाङ मर्याङ्दी र नेपाल पुलिस मध्ये एक सँग माघ १९ गते खेल्नेछ । मनाङ र पुलिसकाे खेल बिहिवार हुने छ ।
फाेटाे गाेल नेपाल डट कम







प्रतिक्रिया लेख्नुहोस्:-