काठमाडाै । नेपाली काङ्ग्रेसले लिबियामा १२ नेपाली युवालाई बन्धक बनाएको सार्वजनिक विवरणप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै तत्काल उद्धारको पहल गर्न सरकासँग माग गरेको छ ।
आज पार्टी प्रवक्ता विश्वप्रका शर्माले विज्ञप्ति जारी गरी तिनलाई उद्धार गरी सकुशल देश फर्काउन तत्कालै गम्भीर पहल गर्न तथा त्यस्तो स्थिति उत्पन्न गराउन संलग्न दोषीलाई कारवाहीको प्रक्रिया शुरु गर्न सरकारसँग माग गर्नुभएको छ ।
रासस







प्रतिक्रिया लेख्नुहोस्:-