Tuesday, June 23, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गृहजिल्ला पुगेर प्रधानमन्त्रीकाे उद्घाेष, ‘देशको चिन्ता लिनुपर्ने दिन आउँदैन’

माघ १७, २०७५ ११:४७ मा प्रकाशित
गृहजिल्ला पुगेर प्रधानमन्त्रीकाे उद्घाेष,  ‘देशको चिन्ता लिनुपर्ने दिन आउँदैन’

k|d cf]nLsf] :jfut laxLaf/ u[x lhNnf emfkf cfOk'Ug' ePsf k|wfgdGqL s]kL zdf{ cf]nLnfO{ rGb|u9L ljdfg:yndf :jfut ul/Fb} . t:jL/M rGb|snf e08f/L, emfkf, /f;;

Share on FacebookShare on Twitter

 

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताउनुभएको छ ।  सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिँदै प्रम ओलीले अब कसैले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले चौतर्फी तीव्रगतिले काम गरेको छ, त्यसैले अब कसैले पनि देशको चिन्ता लिने दिन आउँदैन ।” झापाको दमक नगरपालिकाले यहाँ आजदेखि आयोजना गरेको पाँचदिने प्रदेशस्तरीय बृहत् बालमहोत्सवको उद्घाटन गर्दै प्रम ओलीले वर्तमान सरकारको एकमात्र लक्ष्य विकास र समृद्धि भएकाले त्यहीँबाट नेपालले फड्को मार्ने जोड दिनुभयो ।

देशको अहिलेको आवश्यकता पूरा गर्न सरकार स्पष्ट र जिम्मेवारीका साथ अगाडि बढेकोउल्लेख गर्दै उहाँले विकास र समृद्धिको महान् यात्रामा अब सबै नेपाली एक ढिक्का हुनुपर्ने खाँचो रहेको औँल्याउनुभयो । उहाँले देशको साझा लक्ष्यप्राप्तिका लागि कसैले बाधक बन्न नहुने धारणा राख्नुभयो ।

सरकारले ‘सुखी नेपाली र समृद्धि नेपाल’को परिकल्पना सरकारको लक्ष्यमात्र नभएर देशकै  योजना भएको उहाँको जिकिर थियो । प्रधानमन्त्री ओलीले देशको विकाससँगै नेपाली जनताको अधिकार प्राप्ति र विकासमा आधुनिकता हासिल गर्न उन्मुख भएकाले पनि देश रुपान्तरितको दिशामा अगाडि बढेको छ भन्नुभयो ।

उहाँले बालमहोत्सवले बालबालिकाभित्रका लुकेका प्रतिभालाई उजागर गर्ने अवसर भएको बताउनुभयो । यस्ता महोत्सव आफ्ना क्षेत्रको पहिचानसँगै देशको आर्थिक विकासमा सघाउ पु¥याउन सहयोग पुग्ने माध्यम भएको उहाँको भनाइ थियो ।

त्यसअवसरमा उहाँले नगरपालिकाद्वारा प्रकाशित ‘प्रोफाइल’को समेत विमोचन गर्नुभयो । कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देशको विकास र समृद्धिको महान् लक्ष्यप्राप्तिका लागि सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकामा जोड दिनुभयो ।

नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको बालमहोत्सव उद्घाटनमा नगरउपप्रमुख तथा बालमहोत्सव मूल समितिका संयोजक गीता अधिकारीले बालमहोत्सव बालमैत्री नगर बनाउन यसले सघाउ पु¥याउने चर्चा गर्नुभयो ।

बालमहोत्सवको उद्घाटनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, भौतिक योजनमन्त्री रघुवीर महासेठलगायत प्रदेशका मन्त्रीको उपस्थिति थियो । महोत्सवमा स्थानीय जातिका झाँकी, नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

दमक–९ स्थित हिमालय माध्यमिक विद्यालयमा शुरु भएको उक्त बालमहोत्सवमा बालबालिकाको प्रतिभा उजागर गर्ने नृत्य, निबन्ध, चित्रकला, कविता, हाजिरीजवाफ, वक्तृत्वकला, विज्ञान प्रतियोगितालगायतका एक दर्जन बढी विभिन्न विधामा एक हजार बढी विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।

दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने महोत्सवभरि स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसमेत रहने जनाइएको छ । करीब एक लाख सर्वसाधारणले अवलोकन गर्ने लक्ष्य राखिएको उक्त महोत्सवमा बालबालिकासहित विभिन्न ५० वटा व्यावसायिक कक्ष रहनेछन् ।
रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result