Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

क्रिकेटमा नेपालको उत्कृष्ट पुनरागमन

माघ २०, २०७५ ४:५६ मा प्रकाशित
नेपाली क्रिक्रटले बनायाे अर्काे इतिहास : युएई बिरूद्दकाे ट्वान्टी-ट्वान्टी  क्रिकेट शृंखला पनि जित्याे 
Share on FacebookShare on Twitter

कुमार चौलागाईं

काठमाडौँ ।  युवा क्रिकेट खेलाडीले भरिएको नेपालले पहिलो एकदिवसीय र टी–२० सिरिज जितेको छ । घरेलु टोली युएइसँग तीन एकदिवसीय तथा तीन टि–२० खेल खेलेको नेपाली टोलीले दुवै सिरिज समान २–१ ले जितेको छ । दुवै सिरजअन्तर्गतका पहिलो खेलमा पराजय भोगेको नेपालले पछिल्ला दुई खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी उपाधि रक्षा गरेको हो ।

उपाधि जितेलगत्तै राष्ट्रिय टोलीका कप्तान पारस खड्काले भने, “हामीले राम्रो टिम पाएका छौँ, दोस्रो सहभागितामा सिरिज जित्न सफल भएका छौँ । यसले हामीलाई अझै आत्मविश्वासी बनाएको छ, हाम्रा लागि यो सिरिज महत्वपूर्ण छ । विश्वकप छनोट नजिक छ । यसले पक्कै पनि हामीलाई फाइदा पुग्नेछ । तीन÷चार महीनादेखि तयारी थाले उत्कृष्ट नतिजा ल्याउँछौँ ।”

कप्तान खड्काले करण केसी र अभिनाश बोहराले बलिङमा राम्रो प्रदर्शन गर्नुका साथै सोमपाल कामी र सन्दीप लामिछानेलगायतको भूमिकाको खलेर प्रशंसा गर्नुभयो । पहिलो ओभरमा सन्दीपले धेरै रन खर्चे पनि दोस्रो ओभरमा राम्रो बलिङ गरे । “आजको जितको आधार फिल्डिङ हो । प्रदर्शनबाट एकदमै खुशी लागेको छ”, खड्काले भन्नुभयो ।

दुई नेपाली खेलाडीको विश्व रेकर्ड 

जारी प्रतियोगितामा नेपालका दुई खेलाडीले विश्व रेकर्डसमेत बनाएका छन् । रोहितकुमार पौडेल एकदिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका छन् । उनले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए । यस्तै सन्दीप जोरा टी–२० मा अर्धशतक बनाउने कान्छो खेलाडी बने । टी–२० सिरिज खेल्नुअघि नेपालले युएइसँग तीन खेलको एकदिवसीय शृङ्खला खेलेको थियो ।

नेतृत्वविहीन क्रिकेटको सफलता 

नेपाली क्रिकेटले नेतृत्वविहीन तीन वर्षमा ऐतिहासिक फड्को मार्न सफल भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्वनमा परेको तीन वर्ष भइसक्यो । यसबीचमा राष्ट्रिय टोलीले तीन ऐतिहासिक सफलता मात्रै हात पारेको छैन, वर्षांैदेखिको विश्व क्रिकेटमा एकछत्रराज गरेका भारतीय र पाकिस्तानी खेलाडीले राखेको विश्व रेकर्ड समेत नेपाली खेलाडीले तोड्न भ्याइसकेका छन् ।

साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर क्यान विवादले उग्र रुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्वन गरेपछि नेपाली क्रिकेट अहिले नेतृत्वविहीन अवस्थामा छ । क्रिकेट सङ्घ निलम्वनकै अवस्थामा गत वर्षमात्र एकदिवसीय मान्यता पाएको नेपालले अहिले एकदिवसीय सिरज र टि–२० सिरिज जितेर विश्व क्रिकेटको ध्यान आफूतिर तान्न सफल भएको छ ।

“आजको आवश्यकता सक्षम नेतृत्वसहितको राजनीतिक हस्तक्षेपमुक्त स्वायत्त क्रिकेट बोर्डको हो । जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सरोकार निकायसँग समन्वय गर्दै समग्र नेपाली क्रिकेटको विकासमा नेतृत्वदायी भूमिका खेलोस्”–क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे भन्नुहुन्छ । क्रिकेटको विकास लागि सक्षम क्रिकेट बोर्ड र घरेलु संरचनालाई बलियो बनाउनुपर्ने दबाब आजको जितबाट परेको छ ।

नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको झण्डै ३० वर्षपछि नेपालले गत वर्ष मात्र चार वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएको थियो । सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो भने नामिवियामा अघिल्लो वर्ष सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एकदिवसीय मान्यता पाएको हो ।

विसं २०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकबिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् भने नेपाली क्रिकेटलको व्यवस्थापकीय पक्ष सबै आइसिसीले नै हेर्दै आएको छ । निलम्वन फुकुवाको विषयमा लामो समयदेखि पहल शुरु भए पति त्यसले सार्थकता पाउन सकेको छैन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निलम्बन फुकुवाका लागि मार्गप्रशस्त गर्न बारम्बार आग्रह गरेपछि निलम्वित नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय खेलकूद परिषद् (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन निवेदन दर्ता गराएको छ ।

“आइसिसीले निलम्वन फुकुवाका लागि राखेको शर्त हामीले पूरा गरिसकेका छौँ, फेब्रुअरीमा आइसिसीको बोर्ड बैठक बस्दैछ, सोही बैठकले निलम्वन फुकुवा गर्नेमा हामी विश्वस्त छौँ”, नेपाल क्रिकेट सङ्घ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले भन्नुभयो । विसं २०७२ मा राष्ट्रिय खेलकूद परिषद्ले निर्वाचित क्यानलाई मान्यता नदिइ रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेसँगै क्यानका पदाधिकारीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । त्यसको चार महीनापछि २०७३ वैशाखमा क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले नेपाली क्रिकेटलाई निलम्बन गरेको हो ।

सीमित स्रोतसाधनका बाबजुद नेपालमा क्रिकेट गतिविधि विस्तारै मौलाउने क्रममा २०४४ सालदेखि शुरु भएको अन्तर्राष्ट्रिय सम्बन्धले देशभित्र क्रिकेट खेल विस्तारमा थप योगदान पु¥यायो । पहिलोपल्ट २०५२ सालमा मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसिसी ट्रफीमा नेपालले अन्तर्राष्ट्रिय सहभागिता जनाएको हो ।

विसं २०५५ मा नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर पायो । त्यस वर्ष एसिसी ट्रफी आयोजना गर्दा नेपालले भौतिक पूर्वाधार निर्माणमा फड्को मा¥यो । कीर्तिपुर र पुल्चोकको क्रिकेट मैदान त्यहीबेला बनाइएको हो । प्रतियोगितामा नेपाली टोलीले एउटै खेल जित्न नसके पनि दुई अन्तर्राष्ट्रियस्तरका मैदान बन्नु नेपाली क्रिकेटको ठूलो उपलब्धि थियो ।

सन् २००२ मा सिङ्गापुरमा सम्पन्न एसिसी ट्रफीमा नेपाल उपविजेता भयो । उपाधि युएईले जित्यो । लगत्तैको वर्ष इमर्जिङ नेसन्स कप आयोजना गर्दा भूटान र माल्दिभ्सलाई सहजै हराएको नेपालले उपाधि नै जित्यो । त्यसयता लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा मिश्रित सफलता हासिल गर्दै अघि बढेको नेपाली क्रिकेटले सन् २००८ मा विश्व क्रिकेट लिग डिभिजन फाइभ खेल्न जर्सीको भ्रमण ग¥यो । समूह ए को शीर्ष टोली बनेर सेमिफाइनल पुगेको नेपाल अन्तिम चारमा अफगानिस्तानसँग पराजित भयो भने अमेरिकालाई प्लेअफमा हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भयो ।

सन् २०१० को फेब्रुअरीमा काठमाडौँमा सम्पन्न डिभिजन फाइभ नेपालले जित्यो । अमेरिकालाई फाइनलमा हराएर जितेको त्यो नेपालको पहिलो उपाधि थियो । त्यही वर्ष भएको डिभिजन फोरमा नेपाल तेस्रो हुँदै रेलिगेसनबाट जोगियो । सन् २०१२ मा डिभिजन फोर जितेर डिभिजन थ्रीमा उक्लिएको नेपाल सन् २०१३ को मार्चमा सम्पन्न डिभिजन थ्री मा पनि विजेता बन्दै डिभिजन टु मा उक्लिएको हो ।

रासस

तस्वीर रमण सिवाकाेटी
–––

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result