काठमाडौं । युरोपको चर्चित क्लव एसी मिलानको फुटबल क्याम्प काठमाडौमा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको स्वीकृतिमा चैत २४ देखि ३० गते सम्म हुने क्याम्पमा १७ वर्ष मुनीका युवाहरु सहभागी हुन सक्नेछन् । आयोजक एटलान्टिक स्पोट्र्स म्यानेजमेन्टका अनुसार अधिकतम १०० युवालाई सहभागी गराइनेछ । क्याम्पका लागि इटालियन क्लब एसी मिलानबाट मुख्य प्रशिक्षक आउनेछन् भने नेपाली प्रशिक्षकले सघाउनेछन् ।
उत्कृष्ट एक जनालाई एसी मिलान क्लबमा एक साता प्रशिक्षणको अवसर दिइने आयोजकले जनाएको छ ।









प्रतिक्रिया लेख्नुहोस्:-