Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

धनगढी प्रिमियर लिगको पुरस्कार ६० लाख

माघ २३, २०७५ २:०५ मा प्रकाशित
धनगढी प्रिमियर लिगको पुरस्कार ६० लाख
Share on FacebookShare on Twitter

काठमाडौं । धनगढी प्रिमियर लिग डीपीएलको यस सस्करणमा पुरस्कारका लागि ६० लाख रुपैया  खर्च हुने भएको छ । आयोजक सस्था धनगढी क्रिकेट एकेडेमीद्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस पटक प्रतियोगिताको पुरस्कार राशीमा बीस प्रतिशत बढाईएको छ ।

प्रतियोगिताको कूल पुरस्कार राशी रु ६० लाख रहनेछ, विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउँनेछन् ।  यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई सुनको जुत्ता प्रदान गरिने छ । यस्तै हरेक खेलको म्यान अफ दि म्याचलाई नबिल बैंक म्यान अफ द म्याच घोषण गर्दै १५ हजार रुपैया दिइने छ । यस्तै म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलर लाई समेत उचित पुरस्कारको व्यवस्था गरिने आयोजकको भनाइ छ ।

साथै प्रत्येक खेलमा खेलाडीले प्रहार गरेको पहिलो क्याच समाप्ते दर्शकलाई रु १० हजार पुरस्कारको व्यवस्थासमेत गरिएको छ, जसलाई अजोड इन्सोरेन्सले प्रायोजन गरेको छ । टिकट काटेर आउने दर्शकहरुका लागी गोलाप्रथा माध्यम बाट आर्कषक नगत तथा अन्य पुरस्कार को समेत ब्यवस्ता गरिएको छ ।

 

डीपीएलको तेस्रो संस्करण अनुमानित लागत ५ करोड रुपैया लाग्ने आयोजकको भनाई छ । पहिलो संस्करणको डीपीएलको बजेट १ करोड ८२ लाख थियो र कुल पुरस्कार २८ लाख ५० हजार रुपैया थियो । यस्तै दोस्रो संस्करण तीन करोडको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो, जसमा विजेतालाई २५ लाखसहित कुल ५० लाख पुस्कार प्रदान गरिएको थियो ।

 

आयोजकले लिगको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । मैदान तथा प्राविधिक व्यवस्थापनका कामहरु लगभग सकिएका जनाएको छ । पत्रकार सम्मेलनमा जनाइए अनुसार मैदान तथा ५ वटा पीच निर्माण सम्पन्न भईसकेको छ । प्रतियोगिता आयोजनाका विभिन्न समितीहरुले पनि आ आफ्ना जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरिरहेका छन् । म्याच अफिसियलहरु धनगढी आईपुगेका छन् । यूएईविरुद्धको ऐतिहासिक एकदिवसीय र टि–२० शृंखला जितेपछि धनगढीमा खेल्ने खेलाडीले स्थानिय दर्शकहरुलाई रोमाञ्चित पार्ने विश्वास आयोजकले लिएको छ ।

 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीबाट मान्यता प्राप्त प्रतियोगिता रुस्लान डिपिएल तीनमा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । सबै टोलीमा १२ जना अक्सनबाट लिइएका खेलाडी (स्थानियसहित), एक रणनैतिक खेलाडी र दुई जना विदेशी खेलाडी रहनेछन् ।

 

डिपिएल ‘होटल डिभोटी एसपीए कप’ र नेपालमै पहिलो पटक खेलाडीको अक्सन प्रक्रियाद्धारा आयोजित ‘सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग’को मर्जरको नयां स्वरुप हो । एसपीए कपको सुरुवात सन् २०१० (४ लाख बजेट, प्रथम पुरस्कार २५ हजार) मा गरिएको थियो । सन २०११ (१३ लाख कुल बजेट, प्रथम पुरस्कार १ लाख), सन् २०१३ (२५ लाख बजेट, प्रथम पुरस्कार २ लाख) र सन २०१५ को चौथो संस्करण (६० लाख बजेट, विजेतालाई ५ लाख, उपविजेतालाई ३ लाख पुरस्कार) सम्पन्न भएको थियो । त्यस्तै, पहिलोपटक विभिन्न ५ वटा स्थानहरुको नामबाट टिम बनाएर गत बर्ष आयोजना गरिएको अक्सनमा आधारित डीसीएल ३ मा विजेतालाई ३ लाख र उपविजेतालाई १ लाख ५० हजार रुपैया पुरस्कार दिइएको थियो ।

प्रतियोगिता टि–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमस“गको विजेतास“ग फाइनल प्रवेशको लागि खेल्नेछ ।

दोस्रो संस्करणमा झै यस संस्करणमा पनि प्रतियोगिताको उद्घाटन समारोहमा डीसिएले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगितामामा सहभागी १ पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १—१ लाख रुपैया प्रदान गरिने छ। गतवर्ष धनगढी क्रिकेट सम्मानबाट नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक राजु खड्का तथा अर्जुन अड्का स्मृती सम्मानबाट राखेपका पूर्व प्रशिक्षक अरुणकुमार अर्याल सम्मानित भएका थिए।

प्रतियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिसकिएको छ । दर्शकहरुका लागि टिकटदर लिग चरणमा ५०, प्ले—अफमा ७० र फाइनलमा १०० तोकिएको छ । टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्रा्ष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टिमलाई प्रदान गरिनेछ ।

 

डिपिएलको तेस्रो संस्करणको मुख्य प्रायोजक रुस्लान क्रिकेट रहेको छ । यस्तै फुटवेयर पार्टनरमा गोल्डस्टार, कन्ट्रक्सन पार्टनमा जगशक्ति, मेडिकल पार्टनरमा नेपाल मेडिसिटी, पेन्ट पार्टनरमा जस्मिन पेन्ट्स, बैकिङ पार्टनरमा नबिल बैंक, इन्सोरेन्स पार्टनरमा अजोड इन्सुरेन्स, हाइजिन पार्टनरमा हिमाल डेन्टल, एअरलाइन्स पार्टनरमा श्री एअरलाइन्स, हस्पिट्यालिटी पार्टनरमा होटल ङ्खलोरा, करिअर पार्टनरमा कुमारी जब, ब्रोडकास्ट पार्टनरमा एपीवान एचडी र टिकेटिङ पार्टनरमा इसेवा रहेका छन्। यस्तै प्रतियोगिताको प्रवर्धकहरुमा नेपाल पर्यटन बोर्ड, धनगढी उपमहानगर पालिका रहेका छन्।

प्रतियोगिताको पहिलो खेल माघ २६ गते शनिबार दिउसो १ बजे सुरु हुनेछ। त्यसअघि उद्घाटन कार्यक्रम रहनेछ।  प्रतियोगिताको गुडविल एम्बास्डरमा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स रहेका छन्। रोड्स माघ २४ गते धनगढी आइपुग्ने कार्यक्रम रहेको छ।  प्रतियोगिताको ट्रफि माघ २४ गते दिउसो १२ बजे फाप्ला क्रिकेट मैदानबाट सार्वजनिक गरिने छ । दर्शकको सुविधालाई मध्यनजर राख्दै सुदूरपश्चिम यातायात व्यवसायी संघ, कर्णाली रिभर यातायात संघ र धनगढी उपमहानगरपालिकाको सहयोगमा दैनिक क्याम्पस रोड देखि फाप्ला क्रिकेट मैदानसम्म निशुल्क बस सेवाको व्यवस्था गरिएको आयोजकको भनाई छ ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result