Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पत्रकारका सम्वन्धमा  सर्वोच्च अदालतकाे फैसलामा   ‘भ्याकेट’ जान्छाै : मन्त्री बाँस्कोटा

माघ २४, २०७५ ३:५५ मा प्रकाशित
समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण– राज्यमन्त्री बाँस्कोटा

;~rf/u|fddf ;~rf/ /fHodGqL afF:sf]6f g]kfn kqsf/ dxf;+3åf/f a'waf/ cfof]lht ;~rf/ tyf ;"rgf k|ljlw /fHodGqL uf]s'nk|;fb afF:sf]6fnfO{ awfO{ tyf z'esfdgf sfo{qmddf wf/0ff /fVb} /fHodGqL afF:sf]6f . tl:a/ M k|sfz l;njfn÷/f;;

Share on FacebookShare on Twitter

 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले श्रमजीवी पत्रकारको पारिश्रमिकका विषयमा सर्वोच्च अदालतले हालै गरेको आदेशका सम्बन्धमा  पुनरावेदन ‘भ्याकेट’ मा जाने बताउनुभएकाे छ । मन्त्रिपरिषद्को पछिल्लो निर्णयका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भन्नु भयाे सरकार ‘भ्याकेट’मा जान्छ ।

श्रमजीवी पत्रकारको मुद्दा सरकारको विशेष प्राथमिकतामा रहेको भन्दै यसलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । मन्त्री बाँस्कोटाले सञ्चारगृहमा काम गर्ने पत्रकार, श्रमजीवी सबैलाई पछिल्लोपटक बढेको पारिश्रमिक उपलब्ध गराउनुपर्ने र त्यसमा सरकारले पूर्ण प्रतिबद्धताका साथ कार्यान्वयन गराउनेसमेत बताउनुभयो । “यो सरकारको मात्रै विषय भएन, पत्रकारको विषय पनि भयो, तर सरकारले विगतमा गरेको निर्णयप्रति पूर्णरुपमा इमान्दार छ, कार्यान्वयन गराएरै छाड्छ, सर्वोच्चको आदेशका सम्बन्धमा हामी पुनरावेदन गर्छौं”, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

उहाँले नेपाल वायु सेवा निगमको दुई वटा वाइड बडी जहाज खरीदमा भएको भनिएको अनियमितता छानबिन जारी रहेको जानकारी दिनुभयो । यस्तै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “लोकतन्त्रमा विरोध गर्न, माग राख्न पाइन्छ । सरकार छ र त माग राख्न पनि पाइएको छ । माग राख्ने माग राखन्छन् तर सरकारले निजगढ विमानस्थल बनाएरै छाड्छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

यस्तै उहाँले सर्वोच्चको पूर्ण फैसला प्राप्त भए पनि एनसेलले तिर्ने रकमका विषयमा आवश्यक निर्णय हुने बताउनुभयो । यस्तै फरक एक प्रसङ्गमा मन्त्री बाँस्कोटाले नेपाल र अमेरिकाबीचको सम्बन्धमा कुनै पनि समस्या नरहेको बताउनुभयो । उहाँले सो देशसँग कुनै पनि असमझदारी नरहेको स्पष्ट पार्नुभयो ।

मन्त्री बाँस्कोटाले शान्ति प्रक्रियामा बाँकी रहेका कामलाई नेपाली मौलिकतामा नै टुङ्गो लगाउने बताउनुभएको छ । उहाँले विगतमा द्वन्द्वरत पक्षले इमान्दारीपूर्वक बाँकी रहेका काम टुङ्गो लगाउन लागिपरेको र कुनै पनि विषयमा द्वविधासमेत नभएको बताउनुभयो । अन्तर्राष्ट्रिय समुदायले द्वन्द्वकालीन विषयलाई लिएर अनावश्यक चासो लिएकोप्रति मन्त्री बाँस्कोटाले भन्नुभयो, “नेपालको विषय हो, हामी आफ्नै मौलिकतामा नै टुङ्गो लगाउँछौँ ।”

मन्त्री बाँस्कोटाले द्वन्द्वका विषयमा विदेशीकोभन्दा नेपालीको नै बढी चासो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतको द्वन्द्वमा घाइते हुने को ? मर्ने को ? हामी । मार्ने को ? हामी । टुहुरा हुने को ? हामी । दर्दनाक अवस्था कसको भयो ? हाम्रो । विधवा विधुर हुने को ? हामी । घरबास उठिबास लाग्ने कसको ? हाम्रो । सारा क्षति बेहोर्नुपर्ने को ? हामी । उहाँहरुको विदेशी सहयोगमा बनेका कतिपय संरचनामा पनि क्षति पुग्यो होला । चासोका निम्ति धन्यवाद । तर यो विषयलाई हामी हाम्रो मौलिकतामै, हाम्रो विशेषतामा नै टुङ्ग्याउँछौँ ।”

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लगायतले विगतको समस्यालाई समाधान गर्न मतैक्यताका साथ लागिपर्नु भएकाले अनावश्यकरुपमा विषयलाई तन्काउनुको अर्थ नभएको मन्त्री बाँस्कोटाको भनाइ थियो ।

“विगतका कुरालाई अब कति कोट्याउने”, सञ्चारकर्मीको जिज्ञासमा मन्त्री बाँस्कोटाले भन्नुभयो, “बाँदरले घाउ कोट्याए जस्तो धेरै नकोट्याउ ।” सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष एवं सदस्यले दिएको राजीनामा बारेको जिज्ञासामा मन्त्री बाँस्कोटाले नियमनअनुसार नियुक्त भएका व्यक्तिले राजीनामा दिनुलाई गलतरुपमा लिन नहुने बताउनुभयो ।

फाइल फाेटाे

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result