पूर्व कप्तान अग्रवाललाई उनले नेपाली क्रिकेटलाई गरेको योगदानका लागि धनगढी क्रिकेट सम्मान प्रदान गरिएको हो । यस्तै भट्टराइलाई अर्जुन खड्का स्मृति पुरस्कार प्रदान गरिएको हो ।
धनगढी प्रिमियर लिग आयोजक डिसिए ले प्रतियोगिताको पर्व सन्ध्यामा हरेक बर्ष क्रिकेटका दुई ब्यक्तित्वलाई सम्मान गर्ने गरेको छ । अग्रवाल सन् २००० को एसिसि ट्रफिका लागि नेपाली राष्ट्रिय टोलीको कप्तान नियुक्त भएका थिए । उनले लामो समय नेपाली क्रिकेट टोलीबाट खेलेका थिए ।
नेपालले अन्तराष्ट्रिय क्रिकेटमा पहिलो पटक कदम चाल्दाका प्रशिक्षक हुन भट्टराई । उनकै प्रशिक्षकत्वमा नेपालले १९९६ को एसिसि ट्रफि मलेशियामा खेलेको थियो । यस्तै नेपाल पहिलो पटक अण्डर १९ वल्र्ड कपका लागि छनोट हुदा उनी प्रशिक्षक थिए ।
दुवै सम्मान राशी एक–एक लाख रुपैयाको रहेको छ । अग्रवालले आफ्नो सम्मान राशी ड्रिम फाप्ला अभियानका लागि दिए । धनगढीका क्रिकेट प्रेमिहरुले देखेको साझा सपना हो ड्रिम फाप्ला । एकेडेमीले यसपटक फाप्ला क्रिकेट मैदानमै धनगढी प्रिमियर लिगको आयोजना गरिहेको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-