Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बेलायती प्रधानमन्त्रीद्वारा प्रतिपक्षी नेतासँग ‘ब्रेक्जिट’बारे वार्ता प्रस्ताव

माघ २८, २०७५ १:१५ मा प्रकाशित
Share on FacebookShare on Twitter

 

लण्डन, बेलायत ।  बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनबारे सरकारले ‘कस्टम यूनियन’बारेको आफ्नो अडानलाई केही खुकुलो पार्ने अनुमान भैरहेका समय प्रधानमन्त्री टरिजा मेले प्रतिपक्षी दलका नेता जेरमी कर्बिनसँग छलफल गर्नुहुने भएको छ ।

मेले प्रतिपक्षी दलका नेता कर्बिनद्वारा एक पत्रमार्फत ब्रेक्जिटबारे राखेका पाँच मागमा सम्झौताकारी जवाफ दिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सोमबार स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको पत्रबारे मेले आइरिस समस्याको ‘वैकल्पिक समाधान’ खोज्न र कडा सीमा नीतिलाई लागु नगर्ने प्रतिवद्धता जनाउनका लागि आफूले दुई दलबीच छलफल गर्न चाहेको बताउनुभएको छ ।

लेबर पार्टीले मेको पत्रको जवाफ दिइसकेको छैन ।  कस्टम यूनियनका बिषयमा उनीहरूबीच भिन्नता रहँदै आएको छ । तर मेले कर्बिनको कुनै पनि शर्तलाई पत्रमा सिधै अस्वीकार गर्नुभएको छैन ।

स्थानीय विश्लेषकले मेको भाषा थप सूक्ष्म भेदयुक्त रहेको बताएका छन् । निजी विचारका रूपमा प्रधानमन्त्रीका सहयोगीले भने स्थायीरूपमा कस्टम यूनियन राख्ने कुरा स्वीकार्ने सम्भावना नरहेको बताएका छन् ।

यस पहिले कर्बिनले प्रधानमन्त्रीलाई लेखेको पत्रमाइयूका लागि छुट्टै सम्झौता गरी बेलायतभरको लागि स्थायी र विस्तृत ‘कस्टम यूनियन’ को माग गर्नुभएको थियो तर दुबैको बाह्य कर भने एउटै हुने बताइएको छ ।  नयाँ बैठकको तिथि तय भएको तर मे को पत्रमा दुई पक्ष सकेसम्म छिट्टै छलफलमा बस्ने जनाइएको छ ।

(रासस÷सिन्ह्वा)
–––

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

पहिरोले सिन्धुपाल्चोकको इन्द्रावती नदी थुनियो
ट्रेन्डिंग न्यूज्

पहिरोले सिन्धुपाल्चोकको इन्द्रावती नदी थुनियो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result