Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नागरिकताको समस्या अब सदाका लागि अन्त्य हुन्छ : अध्यक्ष दाहाल

माघ २८, २०७५ १:४७ मा प्रकाशित
नागरिकताको समस्या अब सदाका लागि अन्त्य हुन्छ : अध्यक्ष दाहाल

l;/xfsf] cg{df ufpFkflnsf ! l:yt dxgf}/df ;f]djf/ :jf:Yo rf}sL ejgsf] pb3f6g sfo{qmddf hUufbftfx?nfO{ bf];Nnf cf]9fP/ ;Ddfg ug{'x'Fb} g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf cWoIf tyf k"j{k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú . t:jL/ M /fh' ljZjsdf{, nxfg, /f;;

Share on FacebookShare on Twitter

लहान ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशमा देखिएको नागरिकताको समस्या अब सदाका लागि अन्त्य हुने बताउनुभएको छ ।

सिरहाको अर्नमा गाउँपालिका–१ स्थित महनौरमा आज स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दैै पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “नागरिकताको समस्या विगतमा जसरी थियो, अब सदाका लागि समाधान गर्ने गरी नागरिकता विधेयक संसद्मा प्रस्तुत भइसकेको र समितिमा गम्भीर छलफल हुँदैछ, तपाईंहरु ढुक्क हुनुस् अब नागरिकताको समस्या मधेशको समस्याका रुपमा रहँदैन ।”

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने सहमतिअनुरुप सङ्घीय समाजवादी फोरम सरकारको आएको उल्लेख गर्दै उहाँले संविधानलाई आवश्यक संशोधन गरेर मधेशी र जनजाति उपेक्षित समुदायको अधिकार सुनिश्चित गर्ने बाटो खुल्ला रहेकोले संविधानमा आवश्यक संशोधन हुने बताउनुभयो ।

तराई मधेशको पूर्वाधार विकासका लागि सरकारले सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत सबै विषय समेटेर करीब रु दुई अर्बको विशेष प्याकेज ल्याउन लागेको छ, त्यसबाट मधेशले ठूलो फड्को मार्ने उहाँको दाबी थियो ।

“मधेशको विकास बिना मधेशी जनताको आवश्यकतालाई सम्बोधन गर्न सकिन्छ भन्नेमा प्रधानमन्त्री र मेरो बीचमा गम्भीर छलफल भएको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “यसबारेमा हामी स्पष्ट छाँै, त्यो कुरा यो सरकार र नेकपाले मात्र पूरा गर्न सक्छ भन्नेमा विश्वस्त छौँ ।”

मुलुकबाट बेरोजगारी समस्या अन्त्यका लागि सरकार र आफ्नो पार्टीले ध्यान केन्द्रित गरेको बताउँदै उहाँले बेरोजगार युवालाई स्वदेशमै रोजगार दिने र रोजगार दिन नसक्नेलाई बेरोजगार भत्ता दिने सरकारले तयारी गरेको बताउनुभयो ।

तराई मधेशमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, फास्ट ट्र्याक निर्माण, औद्योगिक ग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्व विद्यालयको स्थापना, सिँचाइका पूर्वाधारहरुको विकास, कलकारखानाको स्थापनालगायत विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

सिरहा जिल्ला आँपको दृष्टिकोणले अग्रणी रहेकाले सिरहालाई आँप क्षेत्रका रुपमा विकास गर्न आफूले पहल र प्रयत्न गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सिरहालाई धानको सुपर जोनका रुपमा घोषणा गरी लगानी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अस्पताल उद्घाटन कार्यक्रममा नेकपाका २ नं प्रदेश सहइञ्चार्ज तथा पूर्वमन्त्री विश्वनाथ साह, प्रतिनिधिसभा सांसद लीलानाथ श्रेष्ठ, प्रदेशसभा सदस्यहरु रामकुमार यादव, प्रमोद यादव, जगत यादव लगायतले तराई मधेशको विकासका लागि सरकारले छिटो विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

सो अवसरमा शहरी विकास तथा भवन निर्माण आयोजना राजविराजका प्रमुख रमेश थिङले कूल रु एक करोड २१ लाख ७६ हजारको लागतमा निर्माण गरिएको जानकारी दिनुभयो । अर्नमा गाउँपालिकाका अध्यक्ष ठक्कु महतोको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्वास्थ्य चौकी निर्माणका लागि जग्गा दिने जग्गादाताहरुलाई अध्यक्ष दाहालले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

रासस
–––

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result