Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दुई हिरोइनले सार्वजनिक गरे निश्चलको ‘फर्गो’

माघ २९, २०७५ १:१५ मा प्रकाशित
दुई हिरोइनले सार्वजनिक गरे निश्चलको ‘फर्गो’
Share on FacebookShare on Twitter

काठमाडाै‌ । युवा लेखक निश्चल मल्लले अंग्रेजीभाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ । मंगलबार अभिनेत्रीहरु ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुविन भट्टराई र इक्यानकाअध्यक्ष विष्णुहरि पाण्डले पुस्तक संयुक्त रुपमा सार्वजनिक गरे ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै ऋचाले लेख्ने मान्छे प्रति आफ्नो मनमा श्रद्धा रहेको बताउँदै कम उमेरमै स्तरीय किताब निकालेकोमा लेखक मल्ललाई बधाइ दिइन ।

‘उन्नाइस बीस वर्षकै उमेरमा यत्तिको किताब लेख्नु साँच्चिकै प्रशंसनीय काम हो । तर, उमेर कम भए पनि किताबमा मैले परिपक्वता देखें,’उनले भनिन्, ‘यथार्थ र कल्पनाशीलतालाई लेखक मल्लले मज्जाले प्रस्तुत गरेका छन् । यसको भाषा मलाई मन परेको अर्को पक्ष हो । पुस्तक पढिरहँदा मलाई धेरै ठाउँ सेक्सपियरको साहित्य पढेको आभाष भयो । उहाँको भाषामा गज्जबको लालित्य छ ।’ पुस्तक एकै बसाइमा पढेको जानकारी गराउँदै उनले मल्लले आगामी दिन उच्चकोटिको पुस्तक नेपाली साहित्यलाई दिन सक्ने जानकारी गराइन् ।

ऋचाको भनाइसँग सहमतहुँदै अर्की अभिनेत्री सुरक्षा पन्तले पनि सानो उमेरमै पुस्तक लेख्ने निश्चलको हिम्मतको प्रशंसा गरिन् । ‘लेख्ने मान्छे मलाई विशेष लाग्छन् । अझ यति सानो उमेरमै लेख्ने त झनै विशेष लाग्छन् । यो हिसाबमा निश्चलले मलाई प्रभावित गरेका छन् । पुस्तक आकर्षक लागेको छ । भ्यालेन्टाइन मुखमा छ । आफ्नो डेटलाई दिन यो उत्तम गिफ्ट हुनेछ ।’लेखक सुविन भट्टराईले निश्चललाई देखेर आफ्ना पुराना दिन यादआएको भन्दै उनलाई अभिभावकको खाँचो नहोस् भन्नलाई कार्यक्रममा आएको बताए ।

‘व्यस्तताका कारण पुस्तक पढ्न पाइँन, त्यसैले पुस्तकको गुण दोषको बारेमा म बोल्दिन । पहिलो किताब हरेक लेखकको स्पेसल हुन्छ । निश्चलका लागि पनि यो किताब स्पेसल बनोस्, शुभकामना दिन चाहान्छु । पुस्तकले राम्रो नराम्रो जेसुकै प्रतिक्रिया प्राप्त गरोस् लेख्न नछोडने सल्लाह पनि दिन चाहान्छु ।’

लेखक निश्चल मल्लले पुस्तक रोमान्स र रहस्यको सम्मिश्रण भएको बताउँदै उनले पुस्तकले नयाँ पुस्ताको प्रेमप्रतिको सोचलाई प्रस्तुतगर्ने बताए । उनले भने, ‘पुस्तकले यथार्थ भन्दा पर गएर कल्पनामा आफूले सोचे जस्तो जीवन सिर्जना गर्ने युवाको कथा पेश गरेको छ । जीवन र प्रेमलाई लिएर युवाले खेप्ने दुविधामा पनि पुस्तकमा अटाएको छ । पुस्तक पढिरहँदा नयाँ पुस्ताले पक्कै आफूलाई उपन्यासमा पाउनुहुन्छ।’

एक सयचार पेजको पुस्तकलाई बुक हिलले प्रकाशन गरेको हो । लेखकनिश्चलको यो पहिलो पुस्तकहो ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result