Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्याउले सबस्टेशन औपचारिक सञ्चालनमा : सुदूरपश्चिम प्रदेशमा सहज विद्युत् उपलब्ध हुने

फाल्गुन ७, २०७५ २:११ मा प्रकाशित
स्याउले सबस्टेशन औपचारिक सञ्चालनमा : सुदूरपश्चिम प्रदेशमा सहज विद्युत् उपलब्ध हुने

k|d cf]nLnfO{ :jfut s}nfnLsf] u]6f ljdfg:yndf d+unaf/ cfOk'Ug' ePsf k|wfgdGqL s]kL zdf{ cf]nLnfO{ :jfut ub}{ ;'b"/klZrd k|b]z;efsf ;f+;b . tl:a/M /fh]Gb|k|;fb kg]?, s~rgk'/, /f;;

Share on FacebookShare on Twitter

 

रमेश लम्साल 

काठमाडौँ ।  डडेलधुराको स्याउलेमा १३२ केभी क्षमताको सबस्टेशन सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अमरगढी नगरपालिका–१ दूधकाँडेमा सरकारको लगानीमा निर्माण भएको १३२÷३३ केभी सबस्टेशनको उद्घाटन गर्नुभएपछि सुदूरपश्चिम प्रदेशमा निर्माण हुने विद्युत् आयोजनाको विद्युत् वितरण तथा केन्द्रीय प्रसारण प्रणालीमा जोड्नसमेत सहज भएको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् सोही सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउन पूर्वाधार तयार भएको छ । यसले त्यस क्षेत्रको विद्युत् विकासका लागि सहज वातावरण बनेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

दार्चुलास्थित ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको विद्युत् स्याउले सबस्टेशनबाटै डडेलधुरा, बझाङ, दार्जुला, डोटी, वैतडी र अछाममा वितरण हुने गरी व्यवस्था मिलाइएको छ । यसअघि प्राधिकरणले चमेलियाको विद्युत् दार्चुलाको बलाँचबाट १३१ किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको अत्तरिया पु¥याई फेरि करीब १०० किलोमिटर ३३ केभी फिडरमार्फत ती जिल्लामा आपूर्ति गर्दै आएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्याउले सबस्टेशन सञ्चालनमा आएपछि सुदूपश्चिमका पहाडी जिल्लाहरुमा विद्युत् प्रवाहको गुणस्तरलाई पनि बढाएको बताउनुभयो । “स्याउले सबस्टेशन निर्माण हुनुभन्दा पहिला अत्तरिया सबस्टेशनबाट पहाडी जिल्लामा ३३ केभी फिडरमार्फत विद्युत् वितरण गरिन्थ्यो, जसले गर्दा कुनै एक ठाउँमा फल्ट भए पनि सबै जिल्ला अन्धकारमा बस्नुपर्ने बाध्यता थियो”, घिसिङले भन्नुभयो, “सो सबस्टेशनबाट विद्युत् आपूर्ति हुन थालेपछि त्यस्तो अवस्था हटेको छ । त्यस क्षेत्रको विद्युत् प्रवाहको गुणस्तर तथा विश्वसनीयता पनि पहिलाभन्दा मजबुत भएको छ ।”

कूल ३० मेगावाट क्षमताको चमेलिया र नौगाड जलविद्युत् केन्द्रबाट उत्पादन भएको आठ मेगावाट गरी कूल ३८ मेगावाट विद्युत् मध्येबाट स्याउले सबस्टेशनमार्फत करीब १२ लाख उपभोक्तालाई नियमित र भरपर्दो विद्युत् आपूर्ति गरी बाँकी केन्द्रिय प्रणालीमा प्रवाह भइरहेको उहाँको भनाइ छ ।

सबस्टेशन अहिले आफ्नो क्षमताको करीब ३० प्रतिशत मात्रै सञ्चालनमा आएकाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा खुल्ने उद्योगलाई पर्याप्त मात्रामा विद्युत् आपूर्ति गर्न सकिने प्राधिकरणले जनाएको छ । यसले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विकास तथा आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । अत्तरिया–डडेलधुरा–दीपायल ३३ केभी प्रसारण लाइनमार्फत डडेलधुरा र डोटीको दीपायलमा भएका ३३÷११ केभीका सबस्टेशनमार्फत विद्युत्लाई ११ केभीमा परिणत गरी वितरण हुँदै आएको थियो ।

प्राधिकरणले डडेलधुराबाट बैतडी हुँदै दार्चुलासम्म र डडेलधुराबाट दीपायल हुँदै अछामसम्म विद्युत् आपूर्ति गर्दै आएको छ । सबस्टेशनको निर्माण आर्थिक वर्ष ०७२÷७३ मा शुरु गरिएको थियो । प्रसारण लाइनको निर्माणका लागि २०७२ पुस ८ मा इस्ट इण्डिया उद्योग÷वाइबा इन्फ्राटेक जेभीसँग ठेक्का सम्भौता भएको थियो । कम्पनीले ८ असार २०७५ सालमा निर्माण सकी सबस्टेशन सञ्चालनमा ल्याएको हो । जग्गाको मुआब्जा, नेपाल सरकारको ऋणको ब्याज र आयोजनाको प्रशासिनक खर्चसमेत गरी सबस्टेशन रु ४५ करोडमा निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

रासस
–––

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result