Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बारको नेतृत्वका लागि पोखरेल समूहद्धारा चुनावी अभियान सुरु

फाल्गुन ९, २०७५ २:४९ मा प्रकाशित
बारको नेतृत्वका लागि पोखरेल समूहद्धारा चुनावी अभियान सुरु
Share on FacebookShare on Twitter

 

काठमाडौ ।  नेपाल बार एसोसिएशनको नयाँ नेतृत्वका लागि बृहत लोकतान्त्रिक समूहको तर्फबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुले चुनावी अभियान सुरु गरेका छन् । लोकतन्त्रवादी कानून व्यवसायीको सङ्गठन डेमोक्याटिक लयर्स एसोसिएशन (डिएलए)को तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेल नेतृत्वको समूहले लोकतन्त्रको रक्षा र विकासका लागि लोकतान्त्रीक समूह नै विजयी हुनु पर्ने दावीसहित चुनावी अभियान सुरु गरेको हो ।

 

डिएलएद्धारा आज यहाँ आयोजित “उम्मेदवारसँग पत्रकार अन्तक्र्रिया” सँगै चुनावी अभियान सुरु भएको र भोलीदेखि नै देशव्यापी दौडाहमा निस्कन लागेको जानकारी दिइएको थियो । कार्यक्रममा अध्यक्षका उम्मेदवार पोखरेलले लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, विधिको शासन, भ्रष्टाचार तथा राजनीतिक हस्तक्षेपमुक्त न्यायपालिका लगायतका विषयमा प्राथमिकताका साथ काम गर्ने अठोट व्यक्त गर्नुभयो । उहाँले संविधानले दिएको भन्दा कम वा बढी केही पनि स्विकार्य नहुने, निर्देशित र नियन्त्रीत व्यवस्थाको विपक्षमा उभिने र न्यायमा जनताको पहुँच बढाउने गरी आफ्नो नेतृत्वको समूहले काम गर्न चाहेको बताउनु भयो ।

 

बारका पुर्वमहासचिव समेत रहनु भएका पोखरेलले विगतमा आफुले पाएको जिम्मेबारी सफलतापूर्वक पुरा गरेको र आफ्नो अहिलेको समूह सवै दृष्टीकोणले सन्तुलित, समावेशी र प्रतिनिधिमुलक भएकाले मतदाताले विजयी गराउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा डिएलएका अध्यक्ष योगेन्द्र बहादुर अधिकारीले आफुहरुले विधि र लोकतन्त्रको पक्षमा अडिग, अनुभवी र जुझारु उम्मेदवारहरुको समूह बनाएकाले बृहत लोकतान्त्रीक समूहले जित्ने दावी गर्नुभयो । कानून व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल बार एसोसिएसनमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, सबै प्रदेशबाट एक÷एक जना र एक महिला गरी ८ उपाध्यक्ष तथा अन्य १४ जना सदस्यसहित २५ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ ।

 

बारको नयाँ नेतृत्वका लागि डिएलएले महिला उपाध्यक्षमा कविता थापा (कार्की), प्रदेश उपाध्यक्षहरु मध्ये एकबाट डिल्ली बहादुर कार्की, दुईबाट सुधिर कुमार कर्ण, तीनबाट राजेश्वर अधिकारी, गण्डकीबाट निरञ्जन लाल राजभण्डारी, पाँचबाट सुनिल कुमार श्रेष्ठ, कर्णालीबाट उत्तमप्रसाद आचार्य र सुदुर पश्चिम प्रदेशबाट ठेकेन्द्र राज जोशीलाई उम्मेदवार बनाएको छ । त्यसैगरी महासचिवमा लिलामणी पौडेल कोषाध्यक्षमा तेजबहादुर रावल, दलित सदस्यमा रुप नारायण विक, उपत्यका बाहिरको मधेशी सदस्यमा शेषमान यादव, खुल्ला मधेशीमा मनोजकुमार चौधरी, उपत्यका बाहिरको आदीवासी जनजाती सदस्यमा अमृत कुमार लामा, खुल्ला आदीवासी जनजातीमा कैलाश गुरुङ, उपत्यका बाहिरको महिला सदस्यमा शिवाली जोशी (भण्डारी) र खुल्ला महिला सदस्यमा सोनी रघुबंशले उम्मेदवारी दर्ता गर्नु भएको छ ।

 

डिएलएले उठाएका उम्मेदवारहरु मध्ये उपत्यका बाहिरको सदस्यका लागि गोविन्द प्रसाद सिग्देल, खूल्ला अन्य सदस्यका लागि रमेश कुमार ढकाल, कृष्ण घिमिरे (भुषण), शिवप्रसाद रेग्मी, खेमराज न्यौपाने, गोपी शर्मा सुवेदी र टेकप्रसाद सुवेदी रहनु भएको छ । उम्मेदवार छनौटका लागि डिएलएले गठन गरेको बरिष्ठ अधिवक्ता बसन्तराम भण्डारी संयोजकत्वको समितिले यी उम्मेदवारहरु छनौट गरेको डिएलएकी महासचिव लक्ष्मी रावल दाहालले जानकारी दिनुभयो । निर्वाचनका लागि डिएलएले बरिष्ठ अधिवक्ता भण्डारीकै संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति र अन्य दश ओटा उपसमितिहरु पनि गठन गरेको प्रचारप्रसार समितिका संयोजक तथा डिएलएका उपाध्यक्ष राजु कटुवालले बताउनु भयो ।

 

आगामी चैत्र १६ गते शनिबार देशभरी हुने निर्वाचनका लागि गत सोमबार ६ गते उम्मेदवारी दर्ता भइसकेको छ । निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट कानून व्यवसायीको संगठन नेपाल लयर्स एसोसिएशन (एनएलए)को तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ नेतृत्वको समूहले पनि उम्मेदवारी दर्ता गरेको छ । अध्यक्षमा पोखरेल र श्रेष्ठसहित नौ जनाले उम्मेदवारी दिएका छन् । ती उम्मेदवारहरुले न्यायपालिका भित्रको भ्रष्टाचारलगायतका विकृति र विसंगतिको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result