Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बेलायत र अष्ट्रियाद्वारा नेपालको सराहना

फाल्गुन १०, २०७५ २:४४ मा प्रकाशित
बेलायत र अष्ट्रियाद्वारा नेपालको सराहना

jftf{af/] hfgsf/L g]kfn– cli6«of k|ltlglwd08n:t/Lo jftf{kl5 z'qmaf/ /fhwfgLdf k//fi6«dGqL k|bLks'df/ 1jfnL / cli6«ofnL ljb]zdGqL sl/g lsgfO;n ;~rf/sdL{nfO{ jftf{af/] hfgsf/L lbFb} . tl:a/ M k|bLk/fh jGt,/f;;

Share on FacebookShare on Twitter

काठमाडौँ ।  संयुक्त अधिराज्य र अष्ट्रियाले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति वर्तमान सरकारले अघि बढाएका नीति, योजना तथा कार्यक्रमको सराहना गरेका छन् ।

नेपालको औपचारिक भ्रमणमा रहनुभएकी अष्ट्रियाका विदेशमन्त्री करिन कनिसल तथा बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बेग्लाबेग्लै भएको शिष्टाचार भेटमा तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि गठन भएको अहिलेको सरकारले आर्थिक विकासको मार्गमा नेपाललाई अग्रसर तुल्याउन भएका प्रयत्नको प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्री र अष्ट्रियाली विदेशमन्त्रीबीच क्षेत्रीय र अन्तरराष्ट्रिय महत्वका मामिलामा पनि विचारविमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले राससलाई जानकारी दिनुभयो । नेपालमा अष्ट्रियाली लगानी भित्र्याउने तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने विषयमा पनि उहाँहरूबीच छलफल भएको जानकारी दिँदै डा भट्टराईले केबलकारमा अष्ट्रियाली प्रविधि र जलविद्युत् उत्पादनका त्यहाँका उपकरणको प्रधानमन्त्रीले प्रशंसा गर्नुभएको बताउनुभयो ।

यसैबीच परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आजै साँझ यहाँ आयोजना गरेको ‘नेपाल–अष्ट्रिया साझेदारीका छ दशक ः ऊर्जा, क्षेत्रीय तथा अन्तरराष्ट्रिय प्रवृत्ति’ विषयको कार्यक्रममा जलवायु परिवर्तनका प्रतिकूल प्रभाव, त्यसबाट नेपालका हिमताल र हिमनदीमा परेको असर, संस्कृति, सम्पदाको संरक्षण, पर्यापर्यटन, पर्यावरण संरक्षण, वन, वन्यजन्तु तथा तिनको वासस्थानको संरक्षणबारे प्रधानमन्त्री ओलीसँग छलफल भएको बताउनुभयो ।

स्वागत
नेपाल :अष्ट्रिया प्रतिनिधिमण्डलस्तरीय वार्ताअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आफ्ना अष्ट्रियाली समकक्षी करिन किनाइसललाई शुक्रबार काठमाडौँमा स्वागत गर्दै तस्बिर :  प्रदीपराज वन्त,रासस

बेलायका रक्षा राज्यमन्त्रीसँगको भेटमा दुई शताब्दीभन्दा अघिदेखि घनिष्ठ सम्बन्ध रहेको मित्र राष्ट्रसँगका द्विपक्षीय मामिलामा गहन रुपमा विचार आदानप्रदान भएको र प्रधानमन्त्रीले नेपालको विकास प्रयासमा संयुक्त अधिराज्यबाट निरन्तर सहायता प्राप्त भएकामा आभार प्रकट गर्नुभएको डा भट्टराईले जानकारी दिनुभयो ।

नेपाल–बेलायत व्यापार वृद्धि, आगामी चैतमा नेपालमा आयोजना हुने लगानी सम्मेलनमा बेलायतको सक्रिय सहभागिता, त्यसनिम्ति सहयोग जुटाउन र बेलायती उद्यमी–व्यवसायी र सरकारसँग छलफल गर्न नेपालका अर्थमन्त्री हाल संयुक्त अधिराज्यमा रहेको सन्दर्भ पनि भेटमा प्रधानमन्त्रीले उठाउनुभएको उहाँले बताउनुभयो । “ब्रिटिस गोर्खाका समस्या र चासोको समुचित सम्बोधनका निम्ति सकारात्मक हुन प्रधानमन्त्रीले आग्रह गर्नुभयो, त्यसको प्रत्युत्तरमा रक्षा राज्यमन्त्रीले प्राविधिक समिति बनाएर सुधारात्मक उपाय अवलम्बन गर्न बेलायत सरकारले चाहेको जानकारी गराउनुभयो”, डा भट्टराईले भन्नुभयो ।

(रासस)
–––

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result