Tuesday, August 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिका निर्वाचन: टेक्ससमा तानातान

चैत्र २७, २०७५ १:४४ मा प्रकाशित
एनआरएनए अमेरिका निर्वाचन:  टेक्ससमा तानातान
Share on FacebookShare on Twitter

अमेरिका ।

एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा उम्मेदवारी मनोनयन गर्ने दिन नजिकदै गर्दा टेक्सस च्याप्टरमा समेत नेतृत्व हत्याउन र आफ्नो प्रभाव देखाउन दाउपेच चलिरहेको छ । नेपाली काँग्रेस निकट नेपाली जन सम्पर्क समिति अमेरिकाको राजनीतिमा लामो समय देखि सक्रिय राजेश अर्याल अहिले नेपाल कम्युनिस्ट पार्टी निकट प्रवासी मञ्चसँग मिलेर एनआरएनए अमेरिकामा अगाडि बढ्न प्रयासरत छन् । च्याप्टर अध्यक्षमा उनलाई सहयोग गरेर महत्त्वपूर्ण केही पद लिने लालसामा प्रवासी मञ्च झनै सक्रिय देखिएको छ । नमिलीकन चुनावी प्रतिस्पर्धामा जाँदा कुनै पद पाउन नसक्ने प्रवासी मञ्चका लागि जे जति लिन सके पनि उपलब्धि नै हुन्छ ।

सबै भन्दा रोचक पक्ष के छ भने राजनीतिक, सैदान्तिक,वैचारिक र संस्थागत हिसाबले मतभेद र प्रतिस्पर्धा हुने यी दुई राजनीतिक ध्रुवका समूहले एनआरएनए अमेरिकामा हुने राजनीतिलाई निस्तेज गर्न मिल्न खोजेको बताएका छन् । दुई पक्षका केही प्रतिनिधिहरू बिच मिलेर अगाडि जाने विषयमा केही दिन पहिला छलफल समेत भएको थियो । छलफलमा जनसम्पर्क समितिका तर्फबाट ज्ञानराज कार्की, सुन्दर कर्मचार्य, दिनेश शर्मा, राजेश थापा र ओम भट्टराई सहभागी थिए । प्रवासी मञ्चका तर्फबाट मणि भण्डारी, भीम कार्की, विजयराज भट्टराई, कमल ओझा, सविता भट्टराई, प्रदीप तिम्सिना लगायत डेढ दर्जन सहभागी रहेका थिए । दुई राजनीतिक समूहले वार्तालाप गरेर एनआरएनए अमेरिकाको नेतृत्व चयनमा राजनीतिक हस्तक्षेप गर्नु न्यायोचित नहुने भन्दै ओम भट्टराईले बैठकको सुरुमा नै असहमति राखेर बाहिरिएका थिए ।

टेक्सस च्याप्टरमा अध्यक्षका लागि अगाडि बढिरहेका राजेश अर्यालले दूरबिन नेपालसँग कुरा गर्दै भने “इलेक्सनमा जाँदा राजनीतिक हस्तक्षेप बढ्छ । यसले समाजमा असर पारेको छ । सकेसम्म समझदारीमा जायौं । राजनीतिक असझदारी हटाऔँ भन्न छलफल भएको हो ।”

दुई समूह बिचको वार्तालाई एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर तथा अध्यक्षका उम्मेदवार डाक्टर अर्जुन बनजाडेले सकारात्मक रूपमा लिनु पर्ने प्रतिक्रिया दिएका छन् । उनले भने “नमिलिकन निर्वाचनमा जाँदा एउटा पक्ष वाहिरन्छ । सबै मिलेर, मिलाएर जाँदा संस्थामा काम गर्न सजिलो हुन्छ र समाजमा राम्रो सन्देश जान्छ ।”

एनआरएनए अमेरिका टेक्सस च्याप्टरको आसन्न निर्वाचनमा नेतृत्व चयनका लागि दुई राजनीतिक समूह बिच भएको छलफलमा अध्यक्षका अर्का आकाक्षि एनआरएनए टेक्ससका उपाध्यक्ष द्रोण गौतमलाई भने उनीहरूले सहभागी गराएनन् । द्रोण गौतम भन्छन् “यो दुई पक्ष को निर्णय भन्ने कुराले गैर राजनीतिक सस्था एन आर एन ए लाई नै नराम्रो प्रभाव पार्छ किनकी दुइ पक्ष भनेको के हो? यदि दुई पार्टीको हो भने एन आर एन भनेको एउटा सिटिको दुई पार्टी को मात्र सिमित गराउन खोजियो यदि दुई उम्मेदवार को हो भने म अहिलेको उपाध्यक्ष र अध्यक्षको दाबेदर मलाई खबर नै गरियेन। यो कसरी दुईभाग पक्ष भयो। मिल्न त म पनि सबै मिलेर जाउ भनेर सबै भन्दा पहिले प्रताब गर्ने म नै हु र म पनि अन्तिम समय सम्म प्रयास गर्ने छु।”

जनसम्पर्क र प्रवासी मञ्चका प्रतिनिधि बिच वार्ता भएको भोलि पल्ट नै गौतमले अध्यक्षमा आफ्नो उम्मेदवारी सार्वजनिक गरे । उम्मेदवारी घोषणा सभामा गौतमले अध्यक्षका अर्का आकाक्षि राजेश अर्र्याललाई लक्षित गर्दै भने “च्याप्टरमा छुटै विधान छैन । एनआरएनए अमेरिकाको विधानलाई नै च्याप्टरले फलो गर्ने हो । विधानले एक कार्यकाल कार्यसमितिमा बसेर काम गरेको व्यक्तिले मात्र अध्यक्षमा दाबी गर्न मिल्छ । सहमतिका नाममा विधान भन्दा बाहिर गएर अध्यक्ष बन्न मिल्दैन ।”

गौतमको यो भनाइले राजेश अर्याललाई निक्कै चोट पुगेको छ । अर्यालले भने “एक कार्यकाल काम नगरेको व्यक्ति अध्यक्ष बन्न मिल्दैन भन्नु भ्रम फैलाउने कुरा मात्र हो ।”

एनआरएनए एनसीसी अमेरिकामा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुन टेक्ससकै आकाक्षि बिच ठुलै लडाइ चलिरहेको छ । च्याप्टरमा मिल्ने र मिलाउने प्रयास गरिरहेका राजेश अर्याललाई दूरबिन नेपालले माथि नमिली तल मिल्ला ? भनी गरेको  प्रश्नको जवाफमा भने “टेक्ससमा हार्ड ड्राइभ र पेन ड्राइभबाट पहिला संस्था माथि हस्तक्षेप भयो । त्यस कारण अहिलेको परिस्थिति आएको हो । यसलाई निस्तेज गर्न पनि अन्तिमसम्म मिल्ने मिलाउने प्रयास गर्नु पर्छ ।”

टेक्ससबाट अध्यक्षका लागि आकाक्षि धेरै देखिएका छन् उनीहरू मिलेनन् भने टेक्सस बाहिरका अध्यक्षका उम्मेदवारलाई सहयोग गर्नु हुन्छ की गर्नु हुन्न ? भन्ने अर्को प्रश्नमा राजेश अर्यालले प्रस्ट जवाफ दिएनन् । उनले भने “अन्तिमसम्म मिलाउन प्रयास गर्ने हो ।”

तस्बिर: दिनेश शर्मा र द्रोण गौतमको फेसबुकबाट

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result