Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनएमा नेकपा र नेपाली काँग्रेसको छाया निर्वाचन

अशोज २७, २०७६ ११:५० मा प्रकाशित
एनआरएनएमा प्रजातान्त्रिक र वामपन्थी समूह निर्माण
Share on FacebookShare on Twitter

काठमांडौं ।

यही अक्टोबर १५ देखि १७ सम्म हुने गैरआवासिय नेपाली सङ्घको अधिवेशनका लागि यस पटक एनआरएनएमा वामपन्थी र प्रजातन्त्रबादीहरु समूह बनाएरै मैदानमा उत्रिएका छन् । प्रजातान्त्रिक समूहबाट कुल आचार्यको समूहमा उपाध्यक्षमा डाक्टर केशव पौडेल (अमेरिका) मन केसी (अस्ट्रेलिया) , नरेन्द्र भाट (मध्यपूर्व) र महिला उपाध्यक्षमा रविना थापा रहेका छन् ।

लामो कसरत पछि आचार्यको समूहबाट महासचिवमा जानकी गुरुङको नाम तय भएको छ । महासचिवका दवेदार डाक्टर केशव पौडेललाई उपाध्यक्षमा मनाउन पूर्व अध्यक्ष शेष घले, अध्यक्ष भवन भट्ट, अध्यक्षका दाबेदार कुल आचार्य र नेपाली काँग्रेसका नेताहरूले धेरै मेहनत गर्नु परेको थियो । एनआरएनएमा कब्जा जमाएर बसेका वामपन्थीहरूले अमेरिकालाई कमजोर बनाइराख्न सबै भन्दा बढी दुख दिएका व्यक्ति डाक्टर पौडेल हुन । एनआरएनएमा रसियन ब्लक र वामपन्थी सिन्डिकेट तोड्न आचार्यको नेतृत्वमा बनेको टिममा शक्ति सन्तुलनका लागि सबै अट्नु र मिल्नै पर्ने भएका कारण आफू उपाध्यक्षमा जान बाध्य भएको केशव पौडेलले आफू निकटहरूसँग बताएका छन् ।

एनआरएनए अमेरिकामा डाक्टर केशव पौडेलकै साथ सहयोगमा उपाध्यक्ष निर्वाचित रबिना थापा दोस्रो कार्यकालमा डाक्टर पौडेलसँग अध्यक्षमा प्रतिस्पर्धा गर्दै पराजित भएपछि मुद्धामामला र भौतिक आक्रमणमा समेत उत्रिएकी थिइन । ‘राजनीतिमा स्थायी शत्रु र मित्र कोही हुँदैन’ भन्ने उक्तिसँग सुहाउँदो परिस्थिति निर्माण भएको छ । पौडेल र रबिना थापा सिन्डिकेट तोड्ने मिसनमा एउटै समूहबाट उपाध्यक्ष भएर चुनावी मैदानमा सहकार्य गरिरहेका छन् । धेरैले यो संयोगलाई ‘भाग्यमानी रबिना’ को सज्ञा दिएका छन् । आचार्यको समूहबाट महेश श्रेष्ठको नाम सचिवमा र कोषाध्यक्षमा सोप सापकोटा नाम तय भएको छ । कुल आचार्यले आफूसँग मिलेर अगाडि जान चाहेकाहरूलाई साथमा राखेर आफ्नो घोषणा पत्र समेत सार्वजनिक गरेका छन् ।

वामपन्थी समूहबाट अध्यक्षका उम्मेदवार कुमार पन्तको टिममा बसेर प्रतिस्पर्धा गर्ने अधिकांश उम्मेदवारहरूको छनौट नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, महासचिव ईश्वर पोखरेल, नेता भीम रावलले सहमतिमा टुंग्याएका छन् । प्रजातान्त्रिक समूह अनपेक्षित रूपमा बलियोहुँदै गएपछि केही हताश र निराश देखिएको पन्त नेतृत्वको वामपन्थी समूह प्रजातन्त्रवादीहरुको समूहमा नअटाएकाहरूलाई मिलाएर टिम आज सार्वजनिक गर्दै छ । एनआरएनएमा स्थापना काल देखिको आफ्नो एकल वर्चस्वलाई कायम राख्न नेकपाले पन्त समूहलाई जिताउन आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेको छ ।

अध्यक्षका प्रतिस्पर्धी कुमार पन्त र कुल आचार्यको समूह निर्माणमा यसरी नेकपा र नेपाली काँग्रेस नै निक्कै गंभिर भएर लागि परेका छन् । यस पटक एनआरएनए निर्वाचन नेपाल कम्यूनिष्ट पार्टी र नेपाली काँग्रेसको छाया निर्वाचनको रूपमा देखापरेको छ । एनआरएनए निर्वाचनमा वामपन्थी र प्रजातन्त्रबादी समूह बाहिरबाट रहर र लहडमा उम्मेदवारी दिनेहरूको सङ्ख्या यस पटक न्यून हुने अनुमान गरिएको छ । साथै समूहमा नपर्नेहरूले यस पटक जित निकाल्न प्राय असम्भव देखिएको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result