वासिङ्टन, २९ कात्तिक : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गर्नुभएको छ ।
सो कुरा राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जय सेकुलोद्धारा बिहीबार जारी वक्तव्यमा उल्लेख गरिएको छ । अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी अनुसन्धानअन्तर्गत ती कागजपत्र उपलब्ध गराउन म्यानहाटनको अदालतले ट्रम्पका नाममा आदेश दिएको थियो ।
न्युयोर्क स्थित जिल्ला वकिलको कार्यालयमार्फत् राष्ट्रपति ट्रम्पको तर्फबाट फैसला उल्टाउन माग गरिएको उहाँले बताउनु भयो । फैसला उल्टाउन ट्रम्पले गरेको यो मागलाई कर सम्बन्धी विवरणलाई गोप्य राख्ने अर्को प्रयासको रुपमा लिइएको छ ।
राष्ट्रपति ट्रम्प माथि परोपकारी कोषको रकम दुरूपयोग गरेको आरोप, दुई मिलियन डलर फिर्ता गर्न अदालतको आदेश
यसअघिको राष्ट्रपतीय चुनावअघि ट्रम्पसँग सम्बन्ध रहेको भनिएका दुई महिलालाई तिरिएको भनिएको रकमबारेको अनुसन्धान अन्तर्गतका कागजपत्रहरु अदालतले माग गरेको थियो ।
ट्रम्पका वकिलहरूले राष्ट्रपति पदमा बाहाल रहेका बेला उहाँविरूद्ध फौजदारी अनुसन्धान हुन नसक्ने जिकिर गरिरहेका छन् । उनीहरूले सर्वोच्च अदालतले उक्त संवैधानिक विषयलाई राष्ट्रपतिले पाउने उन्मुक्तिसँग जोडेर हेर्नुपर्ने माग गरिरहेको समाचारमा जनाइएको छ ।
(रासस÷सिन्ह्वा)







प्रतिक्रिया लेख्नुहोस्:-