अमेरिका । नायिका नम्रता श्रेष्ठ आफ्नो पछिल्लो चलचित्र जाइरा प्रदर्शनका लागि अमेरिका आएकी छिन् । जाइरा डिसेम्वर २९ मा न्यूयोर्क तथा जनावरिको ५ मा कोलोराडोमा प्रदर्शन हुनेछ ।
न्यूयोर्कमा नम्रताले न्यूयोर्कवासी नेपालीसँगको साक्षात्कार कार्यक्रममा सहभागि हुनेछ । जहाँ नम्रता हास्य कलाकार सन्दिप क्षेत्रीसँगै देखा पर्नेछिन् । न्यूयोर्कपछि नायिका नम्रताको टोली नेपाल भ्रमण वर्ष प्रर्वधनको निम्ति वासिङटन डिसिमा हुने कार्यक्रममा सहभागि हुनेछ ।
चौथो ग्लोवल नेपाली फिल्म अवार्डमा भाग लिन आएकी नम्रता जाइराको निर्माता पनि हुन । आशुतोष राज श्रेष्ठले निर्देशन गरेको जाइरामा नम्रतासँगै रेमनदास श्रेष्ठ, अनुप विक्रम शाहीलगायतका कलाकारले अभिनय गरेका छन ।
जाइराकै निम्ति नम्रताले आफ्नो गेटअप समेत परिवर्तन गरेकी थिइन । पछिल्लो समय विभिन्न चलचित्रमा फरक भूमिकामा अभिनय गर्दे आएकी नम्रता जाइरामा फरक भूमिकामा नै देखिएकी छिन् । यसमा मेरो एकदमै फरक चरित्र छ दूरवीन नेपालसँगको संवादमा नम्रताले भनिन् “अमेरिकामा रहेका नेपाली दर्शकहरुले फरक नेपाली चलचित्रको आनन्द लिन सक्नेछन् ।” यसअघि जाइरालाई नेपालीहरुको घनावस्ती रहेको टेक्सासको डालासमा प्रर्दशन गरिएको थियो ।







प्रतिक्रिया लेख्नुहोस्:-