ध्रुव कुँवर
उकालो चढ्न मात्र कहाँ हो र ओरालो झर्न पनि गाह्रो हुन्छ । आज अनायासमै पहाडबाट बेसी झर्नु पर्ने उही लामो बाटोको त्रासले बेचैन भइरहेछु । कसरी होला जाने ? लामो सुस्केरा हाल्दै घरको बार्दलीमा बसेर एकतमासले सोच्न थाले । यो भन्दा पहिले जादा भोगेका दुख र कष्ट मनमा सलबलाउन थाले । ओहो धेरै पटक बिरामी भए । बारम्बार अस्पताल जानु प¥यो । यस पटक पनि मैले कतै पहिलेको जस्तो दुख त पाउँदिन ? मनमा भयले डेरा जमाउन थाल्यो । बिरामी भए भने मलाई कसले हेरचाह गर्छ ? मेरो यो संसारमा को नै छ र ? मनमा कुराहरू खेली रहेछन् । भय मिश्रित एकाकी संवादमा त्यसै क्षण बिराम लाग्यो । जब नजिकैबाट आएको तिखो आवाज मेरो कानमा प¥यो ।
कस्तो बोक्सीले जसरी हेरेकी होस् ? अपशब्द प्रयोग गर्दै नजिकैबाट दुई आइमाई मध्ये एक जनाले चर्को स्वरमा अर्कोलाई घोच्न थाली । सरासर आफ्नो काम गरिरहेकीलाई एक्कासि बोक्सीले जसरी हेरेको भन्दा पनि अर्कीले भने झस्कदै भनि कताबाट आइस ? ति दुवै जना मुखा मुख गर्दै गर्दा मेरो मनमा भने अनेकौँ कुरा हुँडलिए ।
मनमा तर्क बितर्कको घमासान शुरु भयो । हे कुल देवी देवता येदि म बोक्सी छु भने पाप जति मलाई लागोस यदि होइन भने जसले मलाई भन्छ तेस्लाई लागोस । येति भन्दा नभन्दै ति दुई जना दुइतिर लागे ।
आवेगका भोल्कना फुटे मनमा । निलो आकाशलाई एक्कासि कालो बादलले ढाके जस्तै । हावा हुरीको बेगले ढोकाका पलेटाहरुलाई जोड जोडले ठोके जस्तो । एक्कासि आएको हुण्डरीमा आफ्नो गति निश्चित गर्न नसकेका चराहरू हावाको झोक्कामा तैरिदै यता उता गरे जस्तो । आफू उभिएको धर्तीमा महाप्रलयकारी भुकम्प गएर जमिन नै अस्थिर बने जस्तो महसुस भएर भुइँमा पछारिन पुगे ।
मानौँ बोक्सी यदि उसैकी साथीलाई भनेकी हो भने त्यो आफ्नै सुरमा काम गरिरहेकी थी । अरु कसैलाई भनेकी भनौँ भने टाढा टाढा सम्म कोही छैन । तेस्ले बोक्सी मलाई नै भनी म कसरी बोक्सी भए ? सेताम्य केस र चाउरी परेको छालाले मात्रै त मानिस बोक्सी हुन सक्दैन । तर बोक्सी कसरी भइन्छ ? ह बोक्सीको परिभाषा ती दोस लगाउनेलाई पनि थाहा नहुन सक्छ । बोक्सीहरुले केहि गर्न सक्ने भए आफ्ना, अतृप्त अनेक इच्छा, आकांक्षा र चाहाना पहिले पुरा गर्थे होला ।
अभागी कर्म । ३२ वर्षमै बिधुवा भए । एउटा जमना थियो, गाउलेहरु भन्ने गर्थे यती राम्री रानी जस्तीलाई एस्ता बुढासंग बिबाह गरिदिने को होला ? आशंका थप्दै भन्थे यो तरुनी आइमाई कसरी बस्ली ? पोइल जान्छे, संपति लिएर भाग्छे आदी इत्यादी । उनीहरुले भने जस्तो केही भएन । अर्थात म पोइल गइन । अरुका लागि बुढा मेरा लागि पतिदेव थिए र भइनै रहे । अव त म ६२ बर्सकी भैसके । तिनै कुराहरुले म अहिले पनि झस्कन्छु । २० वर्ष मै म रानीबाट बोक्सी कसरि भए ? मन बुझाउने उपाय निकाल्छु । सायद रुढिबादी समाजको रित नै येस्तै होला । जो सामाजिक रुपमा हेपिएको छ , बोली दिने र आड भरोसा दिने कम छन् । अनि बोक्सिको आरोप थोपरिन्छ । साह्रो गाह्रोमा माया सद्भाव र साहारा हैन तिरस्कारका लागि बनाइन्छ बोक्सी ।
आक्रोस र आवेगको ज्वालामा मन भतभती पोलीरह्यो । कतिवेलाता लाग्थ्यो मुख भरि आएका, जानेका र सुनेका सबै गाली दिएर मन सान्त गरौ । फेरी सोचे गाली गरेर के हुन्छ ? आखिर गालि पनि त लाग्ने होइन यदि गाली लाग्थ्यो भने आफै माथि सौता हालेर पागल भएकी भिमकलीले पनि आफ्नी सौतालाई हजार गाली गर्थी । अनि नन्द र पोइको लाठीको प्रहारबाट सय पटक भुइमा लड्दा उसको पीडा र क्रन्दनले के तिनीहरुलाई आसिर्बाद दिन्थ्यो त ? कठै भिमकली । मुर्छाबाट बिउतिएर मेरो घरमा आउथिन् । उनका लागि मेरा घरका सवै ढोका खुला थिए । त्यसैले त भान्सामा जे छ आफू पनि खान्थी र मेरा छोरा छोरीलाई पनि दिन्थी । मेरो नजÞर मा उ कहिले पनि बोक्सी भइन । एकदिनको कुरा हो गाउलेहरुले उसलाई लखेटी रहेका थिए । कोहिले त ढुंगाले हान्दै थिए । सक्दासम्म उ भाग्दै थी । भाग्दा भाग्दै गुडिरहेको बसले उसलाई ठक्कर दियो । भिमकलीको भौतिक जीवनको दुखद बिराम लाग्यो ।
सवैभन्दा बढि दया माया, करुणा र चेतनले भरिएको मानव चोला पाएर पनि पशु भन्दा पनि तल्लो स्तरमा झरेर गाउलेहरुले उनको मृतुमा उल्लाहस मनाए । उनीहरुे बोक्सी मरी अब हाम्रा केटा केटि अब बिरामी हुँदैनन् भन्नेमा ढुक्क थिए । तर उनीहरुले सोचेजस्तो भएन । विगत बर्षमा भन्दा पनि बढि केटा केटीको ज्यान गयो ।
सानो छदाका यस्ता केही बियोगान्त घटना मेरो मानस पटलमा आझै घुमिरहन्छन् । गाउले काका बित्नु भयो । वियोगमा काकी पागल जस्तै हुनुभयो । उमेर संगै काकीमा थपिएको छाला मुजा पर्न थाले । अनि त गाउलेले उहाँलाई बोक्सी भन्न लागे । गाउलेले काकीलाई बोक्सी भएकैले बोक्सी मन्त्रले पोइलाई टोकेर मारेको आरोप लाग्न थाल्यो । एउटा निर्दोश अवला नारीलाई पति शोकमा पर्दा पनि घृणा र तिरस्कार गर्न छोडेनन् । दिनहरु बित्दै गए । मान्छे बिरामी हुँदा मात्र होइन, भैसी र गाई बस्तुले दुध नदिदा र बिरामी हुँदा काकीको नजर परेको भनेर दोश लगाउनेहरु थिए ।
हुँदाहुँदा सबै गाउले मिलेर काकीलाई बास र दाउराका भाटाले हान्दै गाउँबाटै निकाले । कति घाउ चोट लाग्यो । उनको पक्षमा बोली दिने कोही भएन । त्यो रात म धेरैबेर रोहिरहे । काकी फर्किएर आउलिनकी भन्दै बाटो हेरे । अरु केही दिन काकी अउने आसमा ढोका खोलेर हेरे । तर तेस पछि मैले काकी कहिलै फर्किनन् । कहाँ गइन के भयो होला भन्ने कुराले मेरो मन जलिरहेको छ । काकीलाई भेट्ने र सवै पीडा दुख साट्ने मेरो चाहाना अधुरै छ ।
सहयोगी र शान्त स्वोभाबकी काकीको मैले कहिले पनि चर्को आवाज सुनिन । सबैलाई सक्दो राम्रो गर्ने मिठो बोल्ने नम्र मिजासीली काकीलाई समाजले कसरी बोक्सी बनायो मैले अझै सोच्न र बुझ्न सकेको छैन ।
जवानीमा कसैले कसैलाई बोक्सी देख्दैन । मेला पर्बहरुमा तन्नेरीहरुका आँखा जुध्छन् । कसैलाई कसैको प्रवाह हुँदैन । म पनि जवान हुँदा धेरैका आँखा मतिर घुमेका हुन्थे । तर कमजोर र वेसहारा हुँदा बोक्सीको आरोप खेप्नु पर्ने एउटा समाज र परिवेशमा घटीत् यस्ता घटनाहरुको साछी म आफै पनि लान्छनाबाट बच्न सक्दीन की भन्ने भएले ग्रसित छु । मनमा चिसो पस्यो । तालु चिसिन थाल्यो । मेरो छाति र पैताला भने तातो नै छ । म हिड्न खोजि रहेकी छु पाइला चलिरहेको छैन । बोल्न खोज्छु बोलि निस्की रहेको छैन । हात लग लग कामी रहेको अनुभूति गर्छु । येतिकैमा नेपथ्यमा ठुलै हो हल्लाको आवाज आउछ । मानिसहरुका जुत्ता चप्पलहरुको पदचाप म भए तिर लम्म्की रहेछन् । हातमा लाठी र भाला लिएर । यस अघि तीनै दुई बेसहारा महिलाई बोक्सीको आरोप लागउदै लखेट्ने समुह नै म तिर आइरहेको छ । म भाव शुन्य भएर निर्जिब बस्तु जस्तै गरी तिनीहरुलाई हेरी रहेकी छु ।
सबै जना मेरो नजिक आइपुगेर भन्न थाले त बोक्सी होस् । तेरो कारण ले गर्दा गाउमा धेरै बिरामी परेका छन् । धेरैका बस्तु भाउ मरेका छन् । त डाइनीले आज सजाए पाउनै पर्छ । ए गाउले हो यो बोक्सीलाई सिस्नु पनि लगायो । यसले लगाएका कपडा सबै च्याति देउ । गाउ घुमाउनु पर्छ । सबैले मलाई लछार पछार गर्न लागे । कोही भने लौराका कुन्दाले मलाई घोच्न थाले कोहिले मेरो बस्र च्यात्न थाले । सर्वनग्न बनाए । जीवनको भिक माग्न गाउलेहरुको खुट्टा ढोग्न थाले । अलाप बिलाप गर्दा पनि मलाई कसैले सुनेनन् ।








प्रतिक्रिया लेख्नुहोस्:-