Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्युयोर्कमा ३० हजार बिरामी, एकै दिन १४ को मृत्यु साढे चार हजार संक्रमित

चैत्र १३, २०७६ ३:२२ मा प्रकाशित
न्युयोर्कमा ३० हजार बिरामी, एकै दिन १४ को मृत्यु साढे चार हजार संक्रमित
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
पछिल्लो समय अमेरिकाको न्युयोर्क कोरोना भाइरसको संक्रमणले सबैभन्दा धेरै थलिएको छ । अमेरिकामा भएका संक्रमणमा झण्डै आधा न्युयोर्कमा हुनुलेपनि न्युयोर्कको भयावह अवस्थालाई दर्शाउंछ । मार्च २५ तारिखमा मात्रै न्युयोर्कमा थप १४ जनाको ज्यान गएको छ भने साढे चार हजार नयाँ बिरामी फेला परेका छन । यो समाचार तयार पार्दा सम्म न्युयोर्कमा झण्डै ३१ हजार संक्रमित भएका छन भने दुई सय ८५ जनाको ज्यान गइसकेको छ । मंगलबार न्युयोर्कमा एक सय १४ जनाको ज्यान गएको थियो भने पांच हजार भन्दा धेरै नयाँ बिरामी थपिएका थिए ।
अमेरिकाको सबैभन्दा धेरै संक्रमण क्षेत्र रहेको न्युयोर्क सिटीमा मात्रै झण्डै २० हजार संक्रमित बनेका छन भने तीन हजार नयाँ बिरामी थपिएका छन । त्यसैगरी न्युयोर्क स्टेट कार्यालयले दिएको जानकारी अनुसार वेचेष्टरमा चार हजार ६ सय भन्दा धेरै संक्रमित हुंदा ८ सय नयाँ बिरामी थपिएका छन । त्यसैगरी नासाउ र सोफोल्ड क्षेत्रपनि अत्यधिक प्रभावित बनेका छन । नासाउमा तीन हजार भन्दा धेरै संक्रमित बनेका छन भने सोफोल्ड क्षेत्रमा दुइ हजार भन्दा धेरै छन । ती क्षेत्रहरुमा नया बिरामी थपिने क्रमपनि क्रमश चार सय र तीन सय भन्दा धेरै भएको बताइएको छ ।

नेपालीको अत्याधिक बसोबास रहेको क्वीन्स न्युयोर्कको अत्यधिक प्रभावित क्षेत्र
नेपाली समुदाय त्रसित अवस्थामा
धेरै नेपालीको बसोबास रहेको क्वीन्समा पनि कोरोनाको संक्रमण अत्याधिक देखिएको छ । क्वीन्स क्षेत्रमा कति नेपालीलाई कोरोनाले संक्रमित बनाएको छ भन्ने यकिन तथ्यांक नभएपनि धेरै नेपाली कोरोनाबाट पिडित बनेको अनुमान लगाउने गरिएको छ । कोरोना लाग्ने डर भन्दा पनि कोरोना लागेमा उपचार नै नपाएर मृत्यु बरण गर्नुपर्ने त्रासले धेरैलाई पिरोलेको छ । मंगलबार एक नेपाली युवाको कोरोनाका कारण मृत्यु भएपछि नेपाली समुदाय झन त्रसित अवस्थामा रहेको छ । आप्रवासीको अत्यधिक बसोबास रहेको क्वीन्समा मात्रै पांच हजार भन्दा धेरै बिरामी रहेका छन । ती मध्ये मृतकको संख्या पनि ६० भन्दा धेरै रहेको न्युयोर्कको सीटी डिपार्टमेन्ट अफ हेल्थले जनाएको छ । यसकारणपनि सो क्षेत्र निकै भयावह अवस्थामा रहेको देखिन्छ । न्युयोर्क सिटीमामात्रै मंगलबार बेलुकी सम्ममा एक सय ९२ जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या २० हजार क्रस भएको छ ।


एल्महर्स्ट हस्पीटलमा बिरामीको लागि बेड नै छैन उपचारमा समस्या
चिकित्सक र नर्सको अभाव
क्वीन्सको सरकारी अस्पताल एल्महर्स्ट हस्पीटलमा बिरामीका चाप थेगिनसक्नु भएको त्यहांका चिकित्सक बताउंछन । मंगलबार र बुधवार २४ घण्टामा सो हस्पीटलमा मात्रै एक नेपाली सहित १३ जनाले ज्यान गुमाएका थिए । यदि बेलैमा उपचार हुन सकेको भए उनीहरुमध्ये केहीलाई बचाउन सकिने अस्पतालका नर्स र चिकित्सकको भनाइ छ । हुन त अस्पतालले सकेको गरेको जनाएको छ । कोरोनाका विरामीकै लागि ३० वटा थप अस्थाई आइसीयु बनाइएको छ तर बिरामीको चाप यति छ की बिरामीलाई पुग्दै नपुगेका कारण एकदमै सिकिस्तलाईमात्र राखिएको अस्पताल श्रोतले बताएको छ । कतिपय बिरामी भने अस्पतालमा छटपटाउंदै आइसीयु कुरीरहेको अवस्थापनि देखिन्छ । अस्पतालमा बिरामीको चाप यति बढेको छ कि डाक्टर र नर्सको पनि अभाव देखिएको छ । कतिपय अवस्थामा सिक्दै गरेका नर्स तथा चिकित्सकले पनि गम्भीर भइसकेको बिरामीलाई हेर्नुपरेको बाध्यता रहेको श्रोतले बतायो । तर अस्पतालमा प्रवक्ता तथा न्युयोर्कका मेयर ब्लाजिओले भने एल्महर्स्ट अस्पतालको अवस्था समाचारमा आएजस्तो नराम्रो नरहेको दावी गरेका छन ।


“न्युयोर्कमा संक्रमणको गति कम हुदैछ” गभर्नर कुमो
त्यसैगरी न्युयोर्कका गभर्नर एण्ड्रु कुमोले संक्रमणको गति केही धिमा भएको दावी गरेका छन । बुधबार प्रेस कन्फ्रेन्समा बोल्दै गभर्नर कुमोले मंगलबार भन्दा बुधबार नयाँ बिरामीहरु थपिने गति केही कम भएको दावी गरेका हुन । उनको दावी अनुसार मंगलबार साढे पांच हजार नयाँ बिरामी भेटिएकोमा बुधबार भने साढे चार हजार नयाँ बिरामी थपिएको बताएका छन । यसले आगामी दिनमा नयाँ बिरामीको संख्या घट्दै जानसक्ने अनुमान गरेका छन । गभर्नर कुमोले कोरोनाको संक्रमणको पैmलावट केही कम भएपनि अझै राज्यलाई तीस हजार भेण्टीलेटर आवस्यक भएको तर संघीय सरकारले जम्मा ४ हजारमात्र दिएको गुनासो गरेका छन । उनका अनुसार आवस्यक आइसीयुका आवस्यक सामग्री तथा भेण्टीलेटर मागाइएको बताएपनि त्यसको बिष्तृत जानकारी भने दिएनन ।

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result