Thursday, July 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाबाट सन्देश : बिन्ति छ ! हाम्रा बुवाआमालाई नतर्साई दिनुहोस : बलायर  “प्रत्याशी”

बैशाख ३०, २०७७ ५:२७ मा प्रकाशित
अमेरिकाबाट सन्देश : बिन्ति छ ! हाम्रा बुवाआमालाई नतर्साई दिनुहोस : बलायर  “प्रत्याशी”

भोज बहादुर बलायर

Share on FacebookShare on Twitter

बिश्व जगत कोरनाको महामारीले ग्रसित भएको समाचार सर्बब्यापी छ । नेपाल देखि टाढाको दुरी तय गरेर अमेरिकामा आफन्त भेट्न आएका धेरै अविभावक यतै  थुनिएरका छन् ।  एक त अमेरिका एकात्मक र व्यक्तिवादी संस्कार उन्मूख देश, उसैमा कोरनाको भयावहले घर भित्रको बासले पक्कै पनि पाको उमेरका मानिसहरुको दैनिकी सहज छैन ।

 

बन्दाबन्दीले आजभोली धेरैको भलाकुसारी गर्ने फुर्सद मिलेको छ । आज संयोगले नेपालमा रहँदा संगै काम गरेका एक जना बिज्ञसँग टेलिफोनमा कुराकानी गर्ने अवसर जुर्यो । गफगाफमा पुराना दिनका यादहरु साँटासाँट भए । उनले  नेपालको खुला आकासमा उडि रहेकालाई अमेरिकाको कोरना बन्धक जीवन,  हरेक दिन अनावस्यक बढाई चढाईका समाचारले फैलिएको अतिरञ्जना र  सामाजिक संजालका भित्तामा देखिने सन्देशले कतै मानसिक समस्या पो आउने हो कि भन्ने डर लागेको बताए । मेरो जवाफ थियो,’ तपाई जस्तो  पढे लेखेको, समाज र जगतलाई बुझेकालाई त यस्तो छ भने हाम्रा सत्तरीको दशक काटेका बुवाआमालाई कस्तो होला ? जो हरेक दिन आफ्नो प्राण भन्दा पनि भूगोलमा निकै टाडा रहेका सन्ततीका बारेमा बढी चिन्तित हुन्छन् ।’

 

 

कुराको क्रममा केही समय पहिले अमेरिकाबाट एकजना नेपाली टोपी धारी यूवाले आफु ज्यादै संकटमा परेको र कोही कसैबाट सहयोग नपाएको निराधार हल्ला फिजाउने जस्ताको उदाहरण दिदै उनले यसको प्रभावको चर्चा  गर्दै कसैलाई यस्ता समाज भड्काउने समाचारले क्षणिक मज्जा आउन सक्छ, तर यस्ता नैतिक अपराधिको कानूनी उपचार नभए पनि उनको आत्मा भित्रको नैतिक कानूनले जिन्दगी भर सजाय दिई रहेको हुन्छ भन्दै आफ्नो बिचार राखे ।

 

 

मैले एक जना बदमास हुदैमा यसलाई साझा नबुझिदिन हुन अनुरोध गरे । तर उनले अमेरिकी नेपाली समुदायका केही चित्त नबुझ्दा क्रियाकलापको घुमाउरो बोलीमा असहमति जनाउदै अमेरिकामा पनि केही संघसंस्थासंग नाम जोडिएका समाजसेवी भनाउन चाहनेबाट चामल, नुनतेल र चन्दाको घोषणाबाट सस्तो लोकप्रियता देखाउने काम नेपाल कै पारामा भएकोमा गुनासो पोखे । सिटामोल र मास्क हस्तान्तरणका फोटाहरु राख्नेको बिरोध गरे ।  फोटो खिच्नेहरुबाट सहयोग लिन नमानेको घट्नाहरुमा लगायत धेरै नेपालीपनको सहयोगमा बिमती जनाए भने केही सामाजिक कार्यकर्ताले ज्यानको बाजी लगाएर अहोरात्र खटेको अवस्थाको भने उनले तारिफ गरे ।

 

आज नेपाली सीमामा बसेर म आफ्नो देश जान चाहन्छु भन्दा लाठी खान्छ, अरवबाट फर्कन चाहन्छु भन्दा आउन पाउदैन भन्ने हो भने  म देश खोज्न कहाँ जाउँ र कसलाई पुकारु ?

 

 

मलाई उनको स्वस्थ्य र औषधीको बारेमा थाहा थियो । उनलाई ब्लडप्रेसर र यूरिक एसिडको औषधी नियमित सेवन गर्नु पर्ने र औषधी सकिन लागेको बारेमा पनि हाम्रो छलफल भयो । नेपाली समाजसँग आबद्ध डाक्टरहरुले औषधीको प्रिस्किप्सन बनाई दिने बारेको सुचना मैले उनलाई दिए । उनी दङ्ग हुदै समाजको प्रसंसा गरे । अनि हाम्रो छलफल अमेरिकी सरकारले आफ्ना नागरिकलाई गरेको सहयोग रकम सिधै बैक खातामा पठाएको बारेमा, स्वयम् राष्ट्रपतिले हस्ताक्षर गरेर तिमीले सहयोग पायौ कि पाइनौ भनि पठाएको चिठी बारेमा, बैक, गाडी, घरको पैसा अहिले नतिर,  बैकलाई ब्याज नलेउ भनेको बारेमा र साना ब्यापारीहरुलाई रकम दिएको लगायत हालको परिस्थितीले जागिरमा जान नसक्नेलाई बेरोजगारी भत्ता दिएको बारेमा छलफल भए । यस पछि उनले अमिलो मन बनाउदै भने अमेरिकाले बिश्वका कोरना ग्रसित देश र नेपालबाट पनि आफ्ना नागरीकलाई प्लेन नै चर्टर गरेर ल्यायो तर हामी करिव ६००-७०० मानिस अमेरिकामा छौ, आफै भडा तिर्छौ, नेपालमा क्वारान्टाईन बस्छौ भन्दा पनि मेरो सरकारले हेरेन भन्दै आक्रोस पोखे । दुतावासले नेपाल जान नमिल्ने भन्ने जस्ता गैर जिम्मेवारीपन र आफ्ना नागरीक प्रति देखाएको अनुत्तरदायी ब्यबहारको बिरोध गर्दै आज नेपाली सीमामा बसेर म आफ्नो देश जान चाहन्छु भन्दा लाठी खान्छ, अरवबाट फर्कन चाहन्छु भन्दा आउन पाउदैन भन्ने हो भने  म देश खोज्न कहाँ जाउँ र कसलाई पुकारु भनि भावुक बने ।

 

 

बिचमै उनले न्यूयोर्क लगायत शहरमा नेपाली विधार्थी र बिरामीहरुलाई एनआरएनए अमेरिका लगायत जनसम्पर्क समिति र अन्य सामजिक अगुवाहरुले ज्यानको बाजी लगाएर घरदैलो मै गएर पुरयाएको राहतलाई महान काम भने । तर आज भोली सामाजिक संजालमा हुने गरेका जुमिकरणको (जुमको बिगबिगी) भने उनले वाक्क र दिक्कको संज्ञा दिए । मैले भने फ्रि सेवा हो । आफुलाई मन परेको हेरे वा सुने भइहाल्यो भन्दा उनले चाहिने भन्दा अनावस्यक र काम भन्दा बढी, डराउने तर्साउने र बेकम्फुसे बकवासका कुराले केही नकरात्मक प्रभाव परेकोमा आपत्ति जनाए । उनको सोचाइको लाक्षणिक प्रभाव पाको उमेरका ब्यक्तिसँग जोडिएको थियो ।

 

 

पछिल्ला दिनमा मानिसहरु बेफुर्सदि भएर हो वा बढी सामाजिक कार्यकर्ता देखाउन कै लागि हो ? नचाँहिदा जुम भिडियो प्रसार र सेयर हुने गरेको छ । यहाँ सम्म कि आफ्ना नजिकका नेताहरु सामाजिक संजालमा देखाउदै बिज्ञापन गर्ने काम पनि भैरहेको छ । उनले नचाहिदा हल्ला गरिने जुम भिडियोमा बिमति राख्दै यस्ता समाचार र सूचनाले हाल अमेरिकामा वा नेपालमा रहेका बुवाआमालाई यी बढाई चढाई  सम्पेषण गरिएका समाचारले उल्टो  नकरात्मक असर पारेकोमा बिमति जनाए । यसमा उनले दुईटा कारण देखाए । एउटा प्रवासमा यस्तो समयमा एकताबध्द भै सहयोग गर्नु पर्नेमा कामै नगरी समाजमा हैसियत देखाउनका लागि र सामाजिक धरालतमा स्वखलित हुनबाट जोगाउन धृणित काम भएमा उनको चित्त दुखाई रहेछ । अर्को यसले पाको उमेरका बुवा आमाको मनोभावनालाई नबुझी जे पायो त्यही बोल्ने र लेख्दा नकरात्मक मनोबैज्ञानिक असर परेको प्रति उनको बिरोध रहेछ । साथै उनले थपे हामीले हाम्रा बुवाआमा वा साठीको उमेर काटि सकेका अग्रजलाई गलत सुचनाको सम्रेषण र त्यसको प्रभाबबाट पार लगाई सामजिक पुण्य काम गर्नु पर्ने यो बिषम परिस्थितीमा सामाजिक संजालका अतिभ्रमित समाचार र ब्यक्तिगत स्वर्थका समाचारले नेपालमा बस्ने अविभावकलाई पर्ने असर बारे बिकसित देशमा बसेका आफुलाई माथिल्लो दर्जामा राख्नेले किन नबुझेको होला भनि प्रति प्रश्न गरे ।

 

उनका यी कुनै पनि प्रश्नको जवाफ दिन सक्ने म सँग कुनै गतिलो उत्तर थिएन । छलफल चलि रहेकै थियो उनले भावुक हुदै सबैमा बिनम्रताका साथ अनुरोध गर्दै यस्ता समाचारले बुवा आमामा धेरै नकरात्मक असर पर्ने बताउदै हामीले नेपालमा कुरा गर्दा बुवाआमाको मुखबाट सुनिने एउटै शव्द हुन्छ जसमा भन्ने गर्नु हुन्छ- “हामी त बुढेसकालका मानिस, हाम्रो त आज हो कि भोली, हामीलाइ त त्यताका हरेक दिन सुनिने समाचारले पो सताएको छ” । यसको गहनाता कसले बुझ्ने? यी र यस्तै भावनाले नेपालमा रहेका हाम्रा पुज्यनीयहरुको मानसिक समस्यामा आउने नकरात्मक असर कसले बुझ्ने?; जसले गर्दा वहाँहरुको चेहरामा नैरास्यता, चिन्ता र थकान पढ्न सकिन्छ । मनमा कुण्ठा, डरत्रास देख्न सकिन्छ । जसको  पिडाले दिन भर टोलाएउनु बस्ने, बोल्न नचाहने, मलिन मुद्रामा देखिने, छटपटीमा नसुतेका रातीका राता आँखा र खानामा अरुची जस्ता मनोभावनाहरुको जवाफ छ तिमीहरुसंग भन्दै आफु पनि त्यही उमेरको भएको र आज भोली आफु पनि यसैको सिकार भएको बेदना मलाई सुनाउनु भयो । यो बेदानाले तमाम बाआमाको सातो खाईरहेको उनको निचोड मैले सहजै बुझी सकेको थिए ।

 

उनको तर्क थियो, भरसक कसैले पनि भ्रमयुक्त समाचारलाई वास्ता नगरौ र अग्रज ब्यक्तिहरुलाई त झनै  यस्ता नकरात्कम समाचारबाट टाढा राख्ने प्रयास गरौ । निरन्तर सामाजिक संजालवाट परिवारसँग जोडिने प्रयास गरौ । साथै हामी अमेरिकामा प्रायः सुरक्षित रहेको र बिरामी परिहालेमा पनि सुबिधा सम्पन्न देशमा रहेकोले समाचारको अफवाहमा नलाग्न अनुरोध गरौ । यसका साथै बुवाआमालाई तनाव कम गर्न बिहान देखि बेलुका सम्मको दैनिक रुटिन तयार गरी पूजापाठ, भजन क्रितन, योग साधना, ध्यान, साहित्यिक, धार्मिक पुस्तकको बाचन, घरको चारै तिर हिडडुल, समय समयमा स्वास्थ्यकर खाना-खाजा र राती सुत्नु भन्दा पहिले सकरात्मक सोच जगाउने सन्देशमुलक ज्ञानहरुमा छलफल गरौ भन्दै आफुले हाल अमेरीकामा गरिरहेको दैनिकी मलाई सुनाउनु भयो ।

 

कोरना माहामारी एक सर्वब्यापी समस्या हो । यसमा बिजय हासिल गर्नु पर्छ । तर नचाँहिदा समाचार सम्रेषणले होईन ।

 

 

मैले पनि उनको बिचारमा सकरात्मक बन्दै बिश्वको अर्थतन्त्रमा अब्बल अमेरिकामा कोराना महामारीको चपेटामा कैयौ नागरिकले दुख ब्यहोरेता पनि सरकारले तीन ट्रिलियन अमेरिकी डलरको राहतवाट नागरिकलाई सहयोग गरि सकेको छ बताए । यस्तै थप राहतको घोषणा गर्न गईरहेको लगायत अति प्रभावित राज्यमा कागज बिहिनलाई समेत सहायता दिइरहेको,  कोही पनि गन्तब्यको बिच मै अलपत्र नभएको, भोकले नछटपटिएको र घरभाडा नतिरेर घरबाट निस्कनु नपरेका केही उदाहरण उनलाइ सुनाए । नेपाली यूवा र सहयोगी हातहरुले गरेको सहयोग बारे सुनाए । उनले पनि मेरो बिचारमा सहि थप्दै कसैलाई पार्टीको झण्डा र बिचार बोकेको आधारमा बिभेद नगरेको अमेरीकामा बिपतको बेलामा न त करौडौको घोटाला छ, न त कुनै बदमासी नै भन्दै कानून र प्रजातान्त्रिक मूल्य मान्यता तथा बिधी र शासनको प्रसंसा गरे ।

 

फोन सम्बादको हामी लगभग अन्तमा थियौ । बिट मार्नु भन्दा अघि उनले फेरी तिनै कुरा दोहरयाए । कोरना माहामारी एक सर्वब्यापी समस्या हो । यसमा बिजय हासिल गर्नु पर्छ । तर नचाँहिदा समाचार सम्रेषणले होईन । सकिन्छ भने नेपालबाट छोटो समयका लागी अमेरिका आएका दाजुभाईलाई नेपाल फिर्ताको ब्यबस्थामा पहल गरौ । अमेरिकामा भेटघाटका लागि आएका करिव ७०० जना मानिसहरुले देश फिर्ताको माग गरि रहेका छन । सरकारको सहयोगी खोजि रहेका छन । खाडी र अन्य देशबाट घर जान चाहनेले हार गुहार गरि रहेका छन । यस चुनौतीपूर्ण समयमा पनि अमेरिकामा रहेका सबै नेपाली अरु देश र नेपाल भन्दा सुरक्षित छौ तर हाम्रो पनि आफ्नो भन्दा नेपालमा रहेका बाआमाको चिन्ता छ । यसैले समाचारले नभएको देखाउने र भएको लुकाउने नगरौ । राम्रो देखिन समाजमा नाटक नगरौ । सस्तो लोकपृयताको लागि चटक देखाउन बन्द गरौ । कृपया जताभावी जुममा नबोलौ र नचाँहिदा हल्लाबाट बुढेसकालका बाआमालाई नतर्साई दिन बिन्ती छ भन्दै यो खवर सम्प्रेषण गरि दिन हुन अनुरोध सहित फोनबाट बिदावारी भयौ ।

(लेखक भोजबहादुर बलायर शिक्षा मनोविज्ञान विषयमा अमेरिकाको  युनिभर्सिटी अफ नर्थ टेक्सासमा बिधावारीधी गर्दै छन् )

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result