Friday, August 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जेष्ठ ७, २०७८ ७:५३ मा प्रकाशित
जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा
Share on FacebookShare on Twitter

 

अमेरिका । एनआरएनए अमेरिकाको निर्वाचनको दिन नजिकिदै गर्दा अमेरिकामा रहेको नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाली जन संपर्क समिति अमेरिकाका नेताहरु तीन धुर्बमा बाढिएका छन् । एनआरएनए अमेरिकाको अध्यक्षका प्रत्यासी बुद्धि सुवेदीको पक्षमा करिव ७० प्रतिशत नेताहरु खुलेका छन् । अध्यक्षका अरु दुई प्रत्यासी डाक्टर अर्जुन बन्जाडे र कृष्ण लामिछानेलाई नेपाली जन संर्पक समिति अमेरिकाका थोरै नेताहरुले मात्र इन्डोर्स गरेको देखिएको छ ।

नेपाली कांग्रेस पार्टीको सुभेच्छुक संस्थाको रुपमा काम गर्ने नेपाली जन संपर्क समिति अमेरिका अहिले दुईवटा समुहमा विभक्त छ । एउटा समुहको नेतृत्व आनन्द विष्टले गर्दै आएका छन् भने अर्को समुहको नेतृत्व धनन्जय नरसिंह केसीले गरिरहेका छन् । दुबै समुहका बहुसंख्यक नेताहरुले अध्यक्षका प्रत्यासी बुद्धि सुबेदीको कार्यक्रममा सहभागी भएर समर्थन गरेको देखिएको छ ।

आनन्द बिष्टले नेतृत्व गरेको नेपाली जनसंपर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ, संगठन बिभाग प्रमुख बेद खरेल, उपाध्यक्षहरु धर्म श्रेष्ठ कोलोराडो, भगवान मैनाली टेक्सास, केशव बराल भर्जिनिया, त्यस्तै , केन्द्रिय सदस्यहरु सन्तोष पहारी -जर्जिया, अमृत भट्टराई -मिसिगन, सुन्दर गुरुङ, लोक लामा, पविता परियार, पिताम्वर भुषाल, हरि शर्मा, माया कडायत, किलन राई, सुरेन्द्र रानाभाट, सहित केन्द्रिय समितिका २३ जनाले बुद्धि सुवेदीलाई समर्थन गरेका छन् ।

महासचिव मुनिन्द्र नेम्वाङ भन्छन्  “हाम्रो कार्यसमितिमा अहिले सक्रिय रहनु भएका २९ जना मध्ये ७० प्रतिशत भन्दा बढिले बुद्धि सुवेदीजी र उहाँको साथमा रहेको समुहलाई समर्थन गर्नु भएको छ । यति मात्र होइन १५ वटा च्याप्टरका सभापतिहरुले बुद्धि सुबेदीलाई समर्थन गरिसकेका छन् ”  नेपाली जन संपर्क समितिका संगठन विभाग प्रमुख वेद खरेल पनि महासचिव नेम्वाङको भनाइसँग सहमत देखिन्छन् । भन्छन  “जन संपर्कका केन्द्र देखि च्याप्टरसम्म अधिकांश साथीहरुको साथ र सहयोग बुद्धिजीको समुहलाई छ । न्युयोर्कबाट मात्रै बुद्धिजीले २ हजार भन्दा बढि नै भोट पाउने अवस्था छ ।”

धनन्जय नरसिंह केसीले नेतृत्व गरेको अर्को नेपाली जनसंपर्क समिति अमेरिकाका अध्यक्ष केसी सहित अधिकांशले बुद्धि सुवेदी समुहलाई समर्थन गरेका छन् । उपाध्यक्ष सागर कडेल, महासचिव सुवास घिमिरे, कोषाध्यक्ष क्रान्ती अर्याल सहित दर्जन भन्दा बढि केन्द्रिय सदस्यले खुलेर बुद्धि सुवेदी समुहलाई समर्थन गरेका छन् । अध्यक्ष धनन्जय नरसिंह केसी भन्छन्  “बुद्धि सुवेदीजी र उहाँसँग सहकार्य गरेको पुरै समुहलाई मेरो नेतृत्वको जनसंपर्क समितिका अत्याधिक साथीहरुले समर्थन गरिसक्नु भएको छ ।”

 

नेपाली जनसंपर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, उपाध्यक्ष सी पी पौडेल केन्द्रिय सदस्य गौतम दाहाल, सुवास लामा, ओम भट्टराईले मात्र अध्यक्षका प्रत्यासी डाक्टर अर्जुन बन्जाडेलाई समर्थन गरेका छन् ।

नेपाली जनसंपर्क समितिका पूर्व संयोजक बिष्णु सुवेदी, हरिबोल भण्डारी, प्रमोद सिटौला, मुक्तिनाथ पन्त लगायतका केहीले अध्यक्षका प्रत्यासी कृष्ण लामिछाने समुहलाई समर्थन गरेका छन् । जनसंपर्क समिति अमेरिकाका एकजना नेता नाम उल्लेख नगर्ने सर्तमा भन्छन् “एनआरएनए आइसीसीको आसन्न निर्वाचनमा एमालेको केपी ओली समुहका उम्मेदवारलाई सहयोग पु¥याउन सचिव गौरि जोशीले कृष्ण लामिछानेलाई उम्मेदवार बनाएका हुन् ।”  जन संपर्क समितिका कतिपय नेताहरुले सार्वजनिक मन्चमा पनि यो आरोप लगाउने गरेका छन् ।

लामिछाने समुहलाई नै लक्षित गर्दै गत मे ९ तारिख सानफ्रनसिस्कोमा आयोजित चुनावी कार्यक्रममा नेपाली जन संपर्क समितिका अध्यक्ष धनन्जय नरसिंह केसीले नेपाली कांग्रेसको आवरणमा कम्युनिष्ट पक्षलाई बलियो बनाउने सूर्यमुखी कांग्रेसहरुको खेल यसपटक सफल नहुने बताए । सोही कार्यक्रममा नेपाली जन संपर्क समिति अमेरिकाका सल्लाहाकार भक्त थापाले नेपाली कांग्रेसको आवरणमा लुकेर कम्युनिष्ट पक्षधरलाई बल पुर्याउने अन्तरघातीलाई पार्टीले पहिचान गरि कारबाही गर्नु पर्ने माग गरेका थिए ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result