सामाचार विश्लेषण
अमेरिका । एनआरएनए अमेरिकाको निर्वाचनमा मतदान प्रक्रिया शुरु हुनु दुई दिन बाकी रहदा अध्यक्षका प्रत्यासी र उनीहरुसँग सहकार्य गरिरहेका उम्मेदवारहरुको संभावना के कस्तो छ भन्ने कौतुहलता आम सदस्यहरुमा थपिएको छ । अध्यक्षका चारै जना उम्मेदवारहरु मिल्ने र मिलाउने प्रयासहरु असफल भएका छन् । अव मतदाताहरु निर्णायक शक्ति बनेका छन् । यस्तो परिस्थितिमा मतदातालाई आकर्षित गर्ने उम्मेदवार र उम्मेदवारको पक्षमा खुलेर समर्थन गर्ने ब्यक्ति र समुहले खेल्ने भूमिकाले कस्तो नतिजा निस्कन सक्छ भन्ने अनुमान लगाउन सकिन्छ ।
डा अर्जुन बन्जाडे पक्ष

डाक्टर बन्जाडे मैदानमा रहेका चार जना उम्मेदवार मध्ये सबै भन्दा बौद्धिक र तार्किक उम्मेदवार हुन । तर वन्जाडेसँग सहकार्य गरिरहेका अरु पदका उम्मेदवारहरु भने उत्तिकै सशक्त देखिएका छैनन् । जसको कारण आफ्नो प्रभावको जगमा मात्र उभिएका डाक्टर बन्जाडेले चुनावी अभियान भरि नै मतदाता वीचमा ठुलो माहौल भने निर्माण गर्न सकेको देखिएन ।
डा बन्जाडेको वासिंटन, वेरेगन, कनेटिकट राज्यमा पहिलो भोट आउने र गृहराज्य टेक्सास लगायत भित्री राज्यबाट राम्र्रो भोट आउने उनीहरुको दावी छ । चार उम्मेदवार मध्ये डाक्टर बन्जाडे तीन जना प्रतिस्पर्धी उम्मेदवार मध्येका एक मानिएका छन् । डाक्टर बन्जाडेका सहयोगीहरु अध्यक्षका चार उम्मेदवार मध्ये बुद्धि सुवेदीसँग मात्र प्रतिस्पर्धा रहेको बताउछन् ।
बुद्धि सुवेदी पक्ष

यसपटक एनआरएनए अमेरिकाको निर्वाचन अभियानमा खुलेर सहभागि भएका अमेरिका भित्र क्रियाशिल संघ संस्थाका बहुसंख्यक प्रतिनिधिहरुले बुद्धि सुवेदीलाई समर्थन र शुभकामना दिएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जन संपर्क समिति अमेरिकाका दुवै समुहका ७० प्रतिशत भन्दा बढि कार्यसमिति र च्याप्टरका सदस्यहरु सुवेदीको पक्षमा खुलेको जनसंपर्कका नेताहरुको दावी छ ।
एनआरएनए अमेरिकाका निर्बिरोध निर्वाचित १४ वटा राज्यका च्याप्टर सभापति पदाधिकारी र कार्यसमिति सदस्यहरुले खुलेर बुद्धि सुवेदीलाई समर्थन गरिरहेका छन् । निर्बिरोध भएका बाकी राज्यका च्याप्टरहरुमा पनि केहीमा बुद्धि सुवेदीको अग्रता र केहीमा प्रतिस्पर्धा रहेको सुवेदी पक्षधरहरु बताउछन् । सहमति हुन नसकेका च्याप्टरहरुमा बुद्धि सुवेदीको पक्षमा खुलेका र सहयोग पाएकाहरु नै शक्तिशाली रहेको सुवेदी पक्षको दावी छ ।
प्रतिस्पर्धी मानिएको राज्य टेक्सासमा पनि गौरी जोशी र कृष्ण लामिछानेको भित्री समर्थन रहेका च्याप्टर सभापति सोफिन थापालाई प्रतिस्पर्धी सन्देश उप्रेतीले फराकिलो मतान्तरले पराजित गर्ने उनीहरुको अनुमान छ । क्यालिफोर्निया राज्यमा पनि बुद्धि सुवेदीसँग नजिक मानिएका उम्मेदवारहरु वीचमा नै प्रतिस्पर्धा छ । न्युर्योक राज्यमा पनि बुद्धि सुवेदी पक्षधरहरुको मत कता बढि खस्छ त्यही उम्मेदवार च्याप्टरका विजय हुने उनीहरु बताउछन् । मेरिल्याण्ड, कोलोराडो लगायतका राज्यको च्याप्टरको निर्वाचनमा पनि बुद्धि सुवेदी पक्षहरुले कडा प्रतिस्पर्धा गरिरहेको दावी गर्छन ।
एनआरएनए एनसीसी अमेरिकाको २८ वटा राज्यमा च्याप्टर गठन भएको छ । न्युयोर्क, क्यालिफोर्निया, मेरिल्याण्ड सहित २० भन्दा बढि च्याप्टरका बुद्धि सुवेदी पक्षले पहिलो भोट आउने दावी गरेको छ ।
त्रिभुवन विश्व विद्यालयमा उपप्राध्यापक भएर काम गरिसकेका सुवेदी अमेरिकामा पनि सफल ब्यबसायी मध्येका एक मानिन्छन् । अहिलेको निर्वाचनमा सुवेदीसँग सहकार्य गरिरहेका प्रायजसो उम्मेदवारहरु आफ्नो पेसा, ब्यवसाय , अध्ययन अनुसन्धान र प्राज्ञिक क्षेत्रमा अब्बल छन् । साथै उनको समुह समावेसी पनि देखिएको छ । यो नै अध्यक्षका दावेदार सुवेदीका लागि चुनावी माहौल निर्माणको आधार बन्न पुगेको छ ।
वहस र सार्वजनिक कार्यक्रमहरुमा अध्यक्षका अरु उम्मेदवारहरु डाक्टर बन्जाडे, तिलक के सी र कृष्ण लामिछानले गर्ने छेडछाड र आक्रमक प्रस्तुति बुद्धि सुवेदी माथि लक्षित हुने गरेको देखिएको छ । यस कारण पनि अध्यक्षका तीनै जना उम्मेदवारले बुद्धि सुवेदीलाई प्रमुख शक्ति र प्रतिस्पर्धीको रुपमा हेरेको धेरैको बुझाइ छ ।
कृष्ण लामिछाने पक्ष

यस पटकको निर्वाचनमा नेपाली जन संपर्क समितिका पुर्व संयोजक विष्णु सुवेदी, एनआरएनए आइसीसीका सचिव गौरि जोशी, सल्लाहकार हरिबोल भण्डारी, सदस्य प्रमोद सिटौला र एमाले अध्यक्ष के पी पक्षधर प्रवासी मञ्चका नेताहरुको समर्थनमा लामिछाने अगाडि बढेका छन् । सदस्यता लिने अन्तिम समय तिर सक्रिए भएको यो समुहले धेरै राज्यमा सहयोगीहरुलाई राम्रोसँग परिचालन गर्न सकेन । जसका कारण बीचका राज्यहरुबाट लामिछाने समुहलाई थोरै भोट मात्र आउने प्रतिस्पर्धी उम्मेदवारहरुको दावी छ ।
सवै भन्दा बढि सदस्य भएको टेक्सासमा पहिलो भोट प्राप्त हुने यो समुहको विस्वास छ । त्यो वाहेक कुनै पनि राज्यमा पहिलो वा फराकिलो अन्तर हुने कुनै पनि विश्वासिलो आधारहरु यो समुहसँग छैन । यद्यपी अध्यक्षका अरु प्रतिस्पर्धीले पनि टेक्सासमा आफूहरु बलियो रहेको दावी गर्दै आएका छन् । यो समुहले ओहायो, कोलोराडो, भर्जिनिया र क्यालिफोर्नियामा अरु उम्मेदवारहरुसँग प्रतिस्पर्धा गर्ने अनुमान छ ।
कृष्ण लामिछाने समुहमा सबै पदमा उम्मेदवारहरु पनि देखिएका छैनन् । साथै यो समुहमा अध्यक्षका उम्मेदवार कृष्ण लामिछाने र बरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्णजीवी पन्त बाहेक राम्रो प्रभाव र पहिचान बनाएका खासै उम्मेदवारहरु छैनन् । यो समुहका सहयोगी केही ब्यक्तिले पुरै समुहलाई भन्दा पनि केही ब्यक्तिहरुलाई मात्र जिताउन प्रयास गरिरहेको असन्तुष्टि वाहिर आइरहेको छ । लामिछानेका सहयोगीहरु अध्यक्षका चार उम्मेदवार मध्ये बुद्धि सुवेदीसँग मात्र प्रतिस्पर्धा रहेको बताउछन् ।
तिलक केसी पक्ष

नेपालमा वाम विचारधारामा रहेका तर अहिले अमेरिकामा वसोवास गर्ने अधिकांशको सहयोग तिलक केसीलाई देखिन्छ । प्रचण्ड, माधव नेपाल झलनाथ खनाल लगायतका नेताहरुसँग नजिकको संवन्ध भएकाहरुले केसीलाई खुलेर सहयोग गरेका छन् । तर प्रवासी मन्चमा संगठित के पी ओली पक्षधरहरुले उनलाई सहयोग नगर्ने सार्वजनिक गरिसकेका छन् । केपी ओली पक्षधरहरुले अध्यक्षमा कृष्ण लामिछाने आफ्नो उम्मेदवार भएको घोषणा गरिसकेका कारण अमेरिकामा रहेका बामपन्थी स्कुलिङका सवैको भोट भने तीलक के सीले पाउने अवस्था छैन ।
एनआरएनए अमेरिकामा काम गरिसकेका र कतिपय सहरमा आफ्नै ब्यक्तिगत प्रभाव भएका कारण उनले राम्रो भोट पाउने केसीका समर्थकहरुको विस्वास छ । बोष्टन, न्युह्याम्सायर, केन्टकी, इन्डियान, न्युयोर्क लगायतका राज्यहरुबाट राम्रो भोट पाउने सो समुहको दावी छ । तिलक के सीले आफु चुनाव जित्नका लागि नभई आम मतदाता र सदस्यहरुको मन जित्ने एजेन्डामा आगाडि बढेको बताउने गरेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-