Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

संघका अनियमितता ढाकछोप गर्न विधानविपरितका काम भए : युरोप संयोजक आचार्य

चैत्र ४, २०७८ ३:०२ मा प्रकाशित
संघका अनियमितता ढाकछोप गर्न विधानविपरितका काम भए : युरोप संयोजक आचार्य
Share on FacebookShare on Twitter

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का युरोप संयोजक नारायण आचार्यले संस्थाभित्र व्यापक अनियमितता देखिएकाले त्यसलाई ढाकछोप गर्न विधान विपरितका निर्णय गरिएको बताएका छन् । जीएनएन नेटवर्कसंग कुरा गर्दै एनआरएनएको केन्द्रीय समितिमा रहेका आचार्यले अध्यक्ष कुमार पन्त समुहले वैठकमा कहिल्यै पनि आफूहरुको कुरा नसुनेको बताए ।

अहिले एनआरएनए दुईचिरा हुने लाइनमा नगएर संस्थाको अवैधानिक कामलाई खारेज गर्दै जीवन्त बनाउन खोजिएको स्पष्ट पारे । ‘संस्थाको पदाधिकारी र अभियन्ताका हैसियतले पनि भन्छु, यो दुईचिरा होइन । संस्थाभित्र वर्तमान संस्थापन पक्षले विधि, विधान, संस्कार, चलिराखेको पुरानो परम्परालाई तोडेर संस्थालाई जसरी पनि आफ्नो कब्जामा लिनुपर्छ भनेर गरेका सम्पूर्ण अवैधानिक कामलाई खारेज गर्न खोजिएको छ । संस्थालाई जीवन्त र चिरा पर्न बाट रोक्नका लागि संरक्षक परिषद्ले चालेको कदमले विभाजन गराउनबाट रोकेर अझै एकताबद्ध र शुद्ध सामाजिक संस्थाको रुपमा अघि बढाउँछ,’, आचार्यले भने । संस्था फुटाउन खोजेजस्तो देखिए पनि यो जोडेरै अघि बढ्न निश्कर्ष निकाल्ने उपाय भएको उनले बताए ।

संस्थाको गत अक्टोबरमै चुनाव भै नयाँ नेतृत्व चयन गर्नुपर्ने थियो । तर, काम चलाउ बनेको संस्थाका पदाधिकारीहरु मनपरि ढंगले अघि बढेको उनले बताए । सबै पद्धति मिचेर पन्त समुहले आइसीसीको ८२ औं वैठक बोलाएको र ३०-३२ जना जम्मा गरेर संरक्षक परिषद् र उच्चस्तरीय समिति खारेज गरिएको दावी गरेको उनले बताए । ‘ल, त्यसको पनि छानबिन गरौं । अचानक संरक्षक परिषद् खारेज गर्ने कामले संघभित्र व्यापक अनियमितता भएको छ । त्यसलाई ढाकछोप गर्न, अहिले सबै बाहिर आउने देखिएपछि कुमार पन्त समुहलाई मनको बाघले खायो । त्यो निर्णय हामीले मानेका छैनौं यो अवैधानिक छ,’ उनले भने । अहिले संरक्षक परिषद् विधानतः सक्रिय भएको र शेष घलेले आह्वान गरेको महाधिवेशनलाई झन्डै ५० एनसीसीहरुले म्यान्डेट दिएकोले १० औं महाधिवेशन वैधानिक हुने उनले बताए ।

यो महाधिवेशनले नै संघभित्र देखिएको विवादको अन्त्य गर्ने उनले बताए । संस्थाको महाधिवेशनका क्रममा विभिन्न देशका प्रतिनिधिहरुको विषयमा विवाद आएको थियो । केन्द्रका अध्यक्ष कुमार पन्त तथा महासचिव हेमराज शर्माको निर्देशनमा सुनियोजित रुपले व्यक्ति, व्यक्त बारे बुझेर प्रतिनिधि छान्ने काम भएको आचार्यले खुलाए । ‘विधान कुल्चेर काम भयो । आइसीसीमै रहेको पदाधिकारी भए पनि अन्यायमा परेका एनआरएनए साथीहरुको आवाज बोल्दा हामी विपक्षी जस्तो भैइयो’, उनले भने, ‘हामी आवाज उठाउनेलाई विपक्षको रुपमा हेरियो । संस्थाभित्र पक्ष विपक्ष हुनु नपर्ने थियो । हामीमाथि झन थिचोमिचो गरियो । विवाद झन बढ्यो । संस्थाको तालाचाबी बोकेका अध्यक्ष, महासचिवले जे बोलेपनि विधान, नियमावली हुने प्रवृत्ति लागू भयो र अहिले यो अवस्था आयो,” आचार्यले भने। वैठक बस्दा पनि विधि नपुराई काम भएको र केन्द्रीय कमिटीभित्र पनि निकै विवाद भएको उनले बताए । कतिपय सदस्यलाई बैठकमा बोल्नै नदिने गरिएको उनले खुलासा गरे ।

विधान, नियमावली विपरित संस्था चलेको भेटिएपछि सच्चाउनेभन्दा संरक्षक परिषद्लाई विघटन गरेर विधानले दिएको अधिकारलाई हतारहतार उल्लङ्घन गरिएको आचार्यले टिप्पणी गरे । ‘सामाजिक संघ संस्थामा विवाद नै हुनु हुँदैन । अहिले कुल आचार्यले नेतृत्व गरेको पक्षले विधान मानेन, नीति, नियमावली मानेन भनेर उल्टै धेरै अफवाह फैलाइयो । विभिन्न हर्कतहरु भए,’ उनले भने । आइसीसीले प्रतिनिधि छनौटको विवाद मिलाउन नसकेपछि पूर्व अध्यक्ष शेष घलेसहित र अहिलेका अध्यक्ष पन्तसहितको उच्चस्तरीय समिति बनेको थियो । समितिले संस्थाभित्र धेरै अनियमितता भएको प्रतिवेदन बुझाएको थियो । त्यो प्रतिवेदनसमेत लुकाउन खोजेपछि यो अवस्था आएको उनले बताए ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result