Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनएको विबाद मिलाउन बार्ता समिति गठन

चैत्र ६, २०७८ ३:२९ मा प्रकाशित
एनआरएनएको विबाद मिलाउन बार्ता समिति गठन
Share on FacebookShare on Twitter

 

काठमांडौं । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी मार्च २२ देखि २५ तारिख सम्म काठमांडौमा हुने १० औँ अधिवेशन गर्न सबै काम लाई तीव्रता दिँदै प्रमुख संरक्षक शेष घलेले  एकताका महाअधिवेशनका लागि संवादको ढोका पनि खुला गरेका छन् । एक दिन अगाडिसम्म ‘सहमतिको नाममा नाटक मात्र गर्नेहरूसँग अलमलिनु हुन्न’ भन्दै आएका घलेले आइतबार अनपेक्षित रूपमा एकता महाधिवेशनका लागि अर्को पक्षसँग बार्ता गर्न तीन सदस्य समिति गठन गरेका छन् । सोमबार साँझ सम्म बार्ता गरेर सहमति निर्माण गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । समितिमा वेद प्रसाद खरेल, शनि कुमार ओली र दुर्गा आचार्य रहेका छन् । बार्ताबाट सहमति नभएमा सोमबार राती वा मङ्गलवार बिहान १० औँ अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरवहादुर देउवाले गर्नु हुनेछ । कार्यक्रममा परराष्ट्र मन्त्री, नेकपा माओवादी, समाजवादी लगायत सत्तागठवन्धनका शीर्ष नेताहरूले कार्यक्रमलाई संवोधन गर्नु हुने लगभग तय भइसकेको छ ।

गैर आवासीय नेपाली सङ्घ एनआरएनएको १०औ महाधिवेशन सम्बन्धमा उत्पन्न वर्तमान समस्यालाई समाधान गर्न दुवै पक्ष लचिलो भएको कतिपयको बुझाई रहेको छ । तर अर्को पक्षलाई अलमल्याउन मात्र संस्थापन पक्षले बार्तालाई रणनीतिका रूपमा प्रयोग गर्ने र समाधानको प्रक्रियामा जानसाथ भाग्ने गरेको तथ्य भने लुकोको छैन । पटक पटक धोका पाइसकेका प्रमुख संरक्षक घलेले यस पटक बार्ताका लागि लचिलो हुनेछन् भन्ने अनुमान कसैले पनि गरेका थिएनन् । दुवै पक्षले आ आफ्नो तर्फबाट छुट्टा छुट्टै अधिवेशन घोषणा गरिसकेको अवस्थामा एनआरएनए प्रमुख संरक्षक शेष घलेले आफ्नो तर्फबाट एकताको आव्हान गर्दै बार्ता समिति गठन गर्नुका पछाडि ठुलै दबाब परेको हुनसक्ने केही प्रतिनिधिहरूको तर्क छ ।

स्थापना काल देखि गैर आवासीय नेपाली सङ्घको रिमोर्ट  एमाले पार्टीमा रहेको छ । जोसुकै नेतृत्वमा आए पनि पुरै कार्यसमिति एमालेको इसारामा मात्र चल्न सक्ने अवस्थामा रहँदै आएको छ । त्यसलाई अरू पक्षले चुनौती दिएपछि राजनीति गरिएको आरोप लगाइएको हो । अध्यक्ष कुमार पन्तलाई पनि संस्था फुट्दा गैर आवासीय नेपाली अभियान  छिन्नभिन्न हुन्छ भन्दै पार्टीगत सोच भन्दा माथि उठेर काम गर्न चर्को दबाब परेको  छ। प्रवासी मन्च र एमालेका नेताहरूले जसरी पनि अर्को पक्षलाई पाखा लगाएर अधिवेशन गर्न पन्तलाई दबाब दिइरहेका छन् । सहमतिको प्रयास नै नगरेको नदेखियोस् भन्नका लागि पन्तले एकताका लागि बार्ता गर्न सकिने कुरा सार्वजनिक गर्दै आएका हुन् ।

प्रमुख संरक्षक शेष घलेको उक्त निर्णयको गैर आवासीय नेपालीहरूले स्वागत गरेका छन् । केही दिन देखी प्रमुख संरक्षक घलेलाई एकताको विरोधीको आरोप लगाइएको थियो । गैर आवासीय नेपाली सङ्घको १०औ महाधिवेशन सबन्धमा उत्पन्न वर्तमान समस्यालाई समाधान गर्न दुवै पक्ष सहमतिको नजिक पुगेको चर्चा सामाजिक सञ्जालमा आए पनि बार्ता समिति गठन हुनु अगाडि भरपर्दो आधार भने देखिएको थिएन । एनआरएनएलाई फुटबाट बचाउन दुवै पक्ष लचिलो भएर एकताको सम्भावना बढेको चर्चालाई समिति गठनले भित्र भित्रै केही भइरहेको छ भन्ने सङ्केत गरेको छ ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result