काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा सुरक्षाबारे सैनिक मुख्यालय जंगी अड्डामा चारै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल भएको छ।
प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलबीच जंगी अड्डामा चुनावी सुरक्षाबारे छलफल भएको हो।
स्थानीय तह निर्वाचन–२०७९ स्वच्छ, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायहरुलाई प्राप्त जिम्मेवारीहरु आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लगायतका विषयहरुमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्:-