काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं र धरानमा नवनिर्वाचित मेयर बालेन्द्र साह र हर्कमान साम्पाङको जित विशिष्ट जित भएको बताएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै प्रचण्डले दुवै जनालाई सफल कार्यकालको बधाई र शुभकामना दिएका छन्।
अध्यक्ष प्रचण्डले मेयरहरूले जनताको अपेक्षालाई आत्मासात गर्दै काम गर्नेमा आफू विश्वस्त रहेको पनि बताए। ‘स्वतन्त्र उम्मेदवारले कटिबद्ध रहेर जनताको सेवामा लाग्दा राजनीतिक दललाई पनि पाठ हुनेछ’ उनले भने।
अन्य स्वतन्त्र उम्मेदवार भने दलको आडमा चुनाव जितेको अध्यक्ष प्रचण्डले बताए।







प्रतिक्रिया लेख्नुहोस्:-