काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले उद्योगी, व्यवसायीको ढाड सक्नेगरी बजेट ल्याउँदा पनि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत मौन बसेको आरोप लगाएका छन्।
आइतबार पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पहिलो बैठकअघि उक्त विभागका प्रमुख लगायत सदस्यहरूलाई निर्देशनात्मक सम्बोधन गर्दै ओलीले उद्योग, वाणिज्य क्षेत्रले सरकारका गलत कदमको आलोचना गर्नुपर्ने बताए।
‘बजेटमा एकदम बेठीक क्रियाकलाप भएका छन्। ती कुराको उद्योगी–व्यवसायीको हकहितमा खुलेका संगठनले आलोचना गर्नुपर्छ,’ उनले भने, ‘त्यसको आलोचना समुचित ढंगले गर्नुपर्ने थियो । तर, उद्योग वाणिज्य महासंघ, परिसंघ लगायतले आलोचना गरेको देखिएन। बजेट सिङ्गो उद्योग–व्यवसाय क्षेत्र हेरेर ल्याइयो कि सीमित व्यापारीलाई हेरेररु हामीले ती कमजोरीको आलोचना गर्नुपर्छ।’
प्रतिक्रिया लेख्नुहोस्:-