काठमाडौं । आज पनि काठमाडौं उपत्यकामा थप दुई जना हैजाका बिरामी भेटिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले गए राति दुई जनामा हैजाको जीवाणु भेटिएको बताए।
विहीबार भेटिएका नयाँ हैजाका बिरामीहरुमा कागेश्वरी मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौं–१३ का ५८ वर्षीय पुरुष रहेका छन् ।
दासका अनुसार बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौंका पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म ३ जनाको उपचार भइरहेको र अन्य उपचारपछि घर फर्किसकेका छन्।







प्रतिक्रिया लेख्नुहोस्:-