काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ३३ सय ५७ जनामा गरिएको परीक्षणमा ३५७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसै अवधिमा ६२ जना संक्रमणमुक्त भएका छन्। हालै देशभर १९ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये काठमाडौंमा ११ सय ९ जना, ललितपुरमा १६० जना र भक्तपुरमा ४२ जना रहेका छन्।
सरकारले ५ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लालाई ‘रेड जोन’मा राख्ने गरेको छ। हाल काठमाडौंमा हजार जनाभन्दा बढी सक्रिय संक्रमित रहेकाले ‘रेड जोन’मा परेको छ।







प्रतिक्रिया लेख्नुहोस्:-