काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जनता समाजवादी पार्टीबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन गर्ने भएका छन् । निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम भट्टराई समूहको आग्रहमा नेपाल समाजवादी पार्टी बनाइएको हो।
भट्टराई निकट नेता विश्वदीप पाण्डेले यसको पुष्टि गर्दै पार्टीको चुनाव चिन्ह आँखा हुने बताएका छन्। भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको चुनाव चिन्ह पनि आँखा थियो। नेता पाण्डेले नयाँ पार्टीको विधान तयार भइसकेको र केन्द्रीय समितिको बैठक बसेर नेतृत्वबारे टुंगो लगाउने बताए।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष भट्टराईबीच पार्टीमा द्वन्द्व बढेपछि केही समयअघि छुट्टाछुट्टै भेला डाकिएको थियो। भट्टराई समूहको भेला काठमाडौं सम्पन्न भएको थियो भने यदावले वीगरन्जमा भेला गरेका थिए। वीरगन्ज भेलाबाट भट्टराईसहित उनी निकट नेताहरुलाई कारबाही गरिएको थियो।






प्रतिक्रिया लेख्नुहोस्:-