काठमाडौं । नेकपा ण्(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले नजिते देशमा विकास र संमृद्धि नआउने दानी गरेका छन् ।
शुक्रबार झापाको विर्तामोडमा आयोजित बृहत् कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई चुनाव केन्द्रित प्रचारप्रसारमा अहिलेदेखि नै टोल टोलमा खट्न निर्देशन दिए।
उनले चुनावमा भोट कसरी हाल्नुपर्छ भनेर एमालेले मतदातालाई बुझाउनुपर्ने बताए। ‘अब मतदातालाई राजनीतिकदेखि व्यवहारिक प्रशिक्षण गर्नु जरुरी छ। मत वृद्धि र मत रक्षा दुवै गर्नुहोस्। अरूले भ्रममा पारेर भोट लुट्ने, खोस्ने र किन्ने गर्छन्, त्यसलाई रोक्नुहोस्,’ उनले भने।
बहुदल आएपछि २८ वर्षमध्ये २१ वर्ष सरकारको नेतृत्व कांग्रेसले गरेको उनको भनाय छ। विगत स्मरण गराउँदै उनले भने, ‘संसद्मा मैले प्रधानमन्त्रीलाई एउटा प्रश्न गरेका थिएँ कांग्रेसले २१ वर्ष सरकारको नेतृत्व गर्दा एउटा राम्रो काम गरेको बताइदिनुहोस् प्रधानमन्त्रीज्युरु उहाँले जवाफ दिँदा मैले सुने तर त्यसबारेमा केही बोल्नु भएन।’
उ







प्रतिक्रिया लेख्नुहोस्:-