काठमाडौं । नेपाली कांग्रेसले नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउतलाई नियुक्त गरेको छ।
पार्टीले आज जारी गरेको विज्ञप्तिमा सिरहाकी उषाकुमारीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले महिला संघको अध्यक्ष नियुक्त गरेको उल्लेख गरिएको छ ।
पार्टी विधानको धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएका पार्टी आवद्ध भ्रातृ संघहरूको अध्यक्ष पदमा उषाकुमारीलाई नियुक्त गरिएको विज्ञप्तिमा भनिएको छ। उनी यसअघि संघकी सचिव थिइन्।







प्रतिक्रिया लेख्नुहोस्:-