काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा आफ्नो पार्टी पहिलो वामपन्थी शक्तिका रूपमा स्थापित हुने आशा व्यक्त गरेका छन् ।
शनिबार काठमाडौंमा पोस्टबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय चुनावमा दोस्रो शक्ति बन्ने अवसर गुमेको गुनासो गरे ।
उनले भने, ‘सबैतिरको हिसाब गर्दा १७५ वरिपरि जित्छौँ भन्ने देखिन्थ्यो । हामी दोस्रो पार्टी हुन सक्थ्यौँ । ०७४ सालको निर्वाचनमा जितेका स्थानीय तहलाई मात्रै बचाउन सकेको भए देशको दोस्रो ठूलो र कम्युनिष्ट आन्दोलनको पहिलो पार्टी हामी बनिसकेका थियौँ । तर, हामीले जितेका ५० भन्दा बढी सिटहरू गुमे ।’







प्रतिक्रिया लेख्नुहोस्:-