काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले फोहोरको रास लगाएर त्यसभित्र झन् कुहिएको राजनीतिक खेल खेलिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै मेयर शाहले त्यस्तो फोहोरी राजनीतिले कसैलाई अगाडि नबढाउने बताएका छन् ।
‘फोहोरको रास लगाएर त्योभित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऊँ । राजनीति त्यस्तो हुँदैन,’ उनले भनेका छन्, ‘त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ ।’
‘हामीले हिजो जानकारी गराएका थियौँ, कि केही अवरोध नभए आजबाट दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरूले बञ्चरे डाँडामा फोहोर लैजानेछन्,’ उनले भनेका छन्, ‘तर, आज दुई स्थानमा अलग–अलग कारणले सडक अवरुद्ध गरियो । यसैले आज ९० वटा फोहोरका गाडीहरू मात्र बन्चरे डाँडा पुग्न पाए ।’







प्रतिक्रिया लेख्नुहोस्:-