काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि सहजै पारित हुने बताएका छन्। अध्यक्ष दाहालले शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै नागरिकता विधेयकले राष्ट्रियतामा कुनै संकट नल्याउने र फिँजाइएको हल्ला भ्रम मात्र भएको बताउँदै राष्ट्रिय सभाबाट पनि सहजै पारित हुने बताएका हुन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले वर्षौँदेखि अधिकारबाट वञ्चित नागरिक र उनीहरूका सन्तानको भविष्यका लागि सरकारले नागरिकता विधेयक ल्याएको जिकिर गर्दै त्यो जायज भएको प्रस्ट पारे।







प्रतिक्रिया लेख्नुहोस्:-