काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालले आगामी निर्वाचननमा गठबन्धन रहेका अरु दलहरूले बाँकी रहेका सिटमात्रै आफूहरूलाई दिने कुरा स्वीकार्य नहुने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा युवा संघ नेपालले ‘महाकाली–मेची युवा जागरण अभियान–२०७९’को सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो चेतावनी दिएका हुन् ।
‘चुनावमा पाँचदलीय गठबन्धन सँगसँगै हातेमालो गर्दै हामी अघि बढौँ भन्ने हाम्रो चाहना हो । गठबन्धनमा हामीले खेलेको भूमिकालाई कसैले पनि नजरअन्दाज नगरुन्,’ उनले भने, ‘जम्मै सिट आफूले लिने अनि उब्रिएको सिट हामीलाई दिने कुरा हामीलाई स्वीकार्य हुन सक्दैन । गठबन्धनमा दुवैलाई फाइदा हुन्छ भने हुन्छ । हुँदैन भने कसैको निम्ति हामी भर्याङ हुन चाहँदैनौँ ।’







प्रतिक्रिया लेख्नुहोस्:-