काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले दलीय स्वार्थका कारण न्यायपालिका ध्वस्त हुने अवस्थामा पुगेको आरोप बताएका छन् ।
आइतबार संसद्को महाभियोग समितिलाई बयान दिने क्रममा उनले आफ्नो स्वार्थपूर्ति गर्न राजनीतिक दलहरूले न्यायपालिकालाई ध्वस्त पार्न खोजिएको आरोप लगाएका हुन् । उनले दलहरूलाई साथमा लिएर प्रधानन्यायाधीश हुने स्वार्थका कारण आफूलाई महाभियोग लगाइएको जिकिर गरे ।
उनले कानुनी शासनलाई उपेक्षा गर्दै गठबन्धनले निर्णय गरेर आफूलाई महाभियोग लगाएको जिकिर गरे । बयानका क्रममा जबराले आफूलाई लगाइएको आरोप पुष्टि हुने कुनै आधार नभएर नै आफू समितिमा फेस गर्न आएको र कुनै हालतमा महाभियोग पारित हुन नसक्ने पनि बताए ।
समितिले जबरासँग ३५ वटा प्रश्नको जवाफ लिएको छ । सो क्रममा जबरा रक्षात्मक देखिएको र सहकर्मीहरूलाई नै आरोप लगाएको कांग्रेस नेता मीन विश्वकर्माले बताए । जबराको जवाफले नै आरोपहरू पुष्टि हुँदै गएको उनको भनाइ छ । त्यस्तै एमाले नेता कृष्णभक्त पोखरेलले ३५ औं नम्वरको प्रश्नको जवाफ सोमबार सकिएको र अन्य प्रश्नहरू आगामी बैठकमा सकिने जानकारी दिए ।







प्रतिक्रिया लेख्नुहोस्:-