काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायको विषयलाई राजनीतीकरण गर्नु नहुने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सहमतिकै आधारमा अघि बढाइनुपर्ने बताए ।
उनले संक्रमणकालीन न्यायको विषयमा राजनीतिक आग्रह–पूर्वाग्रह हुनु नहुने बताए । अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्यायको विषयमा राजनीतिक आग्रह–पूर्वाग्रह आउनु भनेको देश र लोकतन्त्रका लागि राम्रो नहुने उल्लेख गरे । उनले विधेयकमा केही शब्दबारे विवाद देखिएको उल्लेख गर्दै त्यसमा जित वा हारतिर नगई सबैलाई मान्य हुने गरी अघि बढ्न आवश्यक रहेको बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-