काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान उल्ट्याउन पटकपटक जमर्को भइरहेको भन्दै अहिले पनि परिवर्तन पक्षधर र विरोधीबीचमा पेचिलो संघर्ष चलिरहेको बताएका छन् ।
शुक्रबार पार्टीनिकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले पछिल्लोपटक टीआरसी विधेयक असफल पार्ने कसरत र नागरिकता विधेयक प्रमाणीकरण नगर्नुले त्यो देखाएको दाबी गरे ।
‘कुरा धेरै नै गहिरो छ । गत सालदेखिको प्रतिगमको षड्यन्त्र नयाँनयाँ रूपमा फेरि अगाडि ल्याउने जमर्को भइरहेको छ । हामीले एकता गुमायौं भने । कुनै दिनमा प्रतिगमन हुने अझै खतरा छ । संविधानको पालक र संरक्षकबाट जानीबुझी संविधान खुलेआम मिच्ने काम भएको छ । यो सामान्य होइन । हजारौंको बलिदानबाट प्राप्त उपलब्धि खोस्ने र अपहरणको षड्यन्त्र हो । यसलाई रोक्न अरु कसैले सक्दैन । गत साल लाखौंलाई सडकमा ल्याएपछि मात्र त्यो परास्त गर्यौं । अहिले पनि किसान, सुकुम्बासी, जनतालाई अगाडि बढाएर शिक्षित गर्दै आन्दोलित गरेर त्यसलाई परास्त गर्न सकिन्छ ।’
प्रचण्डले प्रतिगमन शक्तिहरू सबै एक भएर लागिरहेको दाबी पनि गरे ।







प्रतिक्रिया लेख्नुहोस्:-