काठमाडौं । सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चार मन्त्री बर्खास्त गरेको भोलिपल्टै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मन्त्रिपरिषदका कांग्रेसका तीन मन्त्री बर्खास्त गरेका छन्।
मधेश प्रदेश सरकारमा कांग्रेसका तीन मन्त्री थिए। भौतिक योजना मन्त्री रामसरोज यादव, महिला तथा बालबालिका मन्त्री वीरेन्द्र सिंह र खानेपानी मन्त्री ओमप्रकाश शर्मालाई शुक्रबार मुख्यमन्त्री राउतले बर्खास्त गरेका हुन्।







प्रतिक्रिया लेख्नुहोस्:-