काठमाडौं । नेकपा (एमालेका) अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीले तर्क, तथ्यले नेपाली भूमि फिर्ता ल्याउन सकिने बताएका छन् ।
अध्यक्ष ओलीले सोमबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बन्दुकले मात्र सबै समस्या समाधान नहुने भन्दै तर्क, तथ्यले नेपाली भूमि फिर्ता ल्याउने बताएका हुन् ।
माओवादी अध्यक्ष प्रचण्डको संगतले बन्दुकको भाषण गर्दै हिँड्न थालेको भन्दै ओलीले कटाक्ष गरे ।
‘हाम्रो गुमेको फिर्ता ल्याउनुपर्छ भनेँ । भोलिपल्ट देउवाजीले जवाफ दिनुभयो भाषण गर्दैमा फिर्ता आउँछ बन्दुक लैजानुस् भने,’ ओलीले भने, ‘म कठैबरा भन्छु । बन्दुक लिएर होइन, कुरा गरेर शेरबहादुरजी, कुरा गरेर फिर्ता ल्याउँछौं । प्रचण्डको संगत गरेर बन्दुककै भाषण गर्न थालेछन् । बन्दुकले केही गर्दैंन, तर्क तथ्यले गर्छ ।’






प्रतिक्रिया लेख्नुहोस्:-