काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा विवाद हुनु सामान्य कुरा भएको प्रतिक्रिया दिएका छन्।
उनले चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सांसद छनोटलाई लिएर पार्टीमा विवाद भए पनि पार्टी प्रणाली र विधिबाट दायाँबायाँ नहुने बताए।
पार्टीले गरेको प्राइमरीमा बढी मत आएकाहरूलाई छाडेर थोरै मत आएकाहरूलाई समानुपातिक सांसदमा बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाहरूले रास्वपा कार्यालयमा आज विरोध गरेका थिए।







प्रतिक्रिया लेख्नुहोस्:-