Wednesday, May 6, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्यान्टावाट नेपाली भाषा कक्षाका विद्यार्थीहरुलाई उपहार प्रदान

पुस ११, २०७९ १२:१६ मा प्रकाशित
स्यान्टावाट नेपाली भाषा कक्षाका विद्यार्थीहरुलाई उपहार प्रदान
Share on FacebookShare on Twitter

फ्रिमण्ट, क्यालिफोर्निया
डिसेम्वर २५
नेपाली भाषा कक्षा बे एरियाले नेपाली वालवालिकाको लागि क्रिसमसको अवसरमा उपहार तथा क्रिसमसको शुभकामना आदानप्रदान र स्यान्टासंग फोटो सेसनको कार्यक्रम सम्पन्न गरेको छ ।
भाषा कक्षाले गत शनिवार फ्रिमण्टको सेन्ट्रल पार्कमा एक भव्य कार्यक्रमकावीच नेपाली मूलका दर्जनौं वालवालिकाहरुलाई स्यान्टावाट उपहार प्रदान गराएको थियो । सो कार्यक्रममा विभिन्न कक्षाहरुमा अध्यापन गराउने शिक्षक शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुविच क्रिसमस तथा आउदै गरेको नयाँ बर्षको शुभाकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा नेपाली भाषा सिकाउने शिक्षक शिक्षिका एवं स्वर्यसेवकहरुलाई पनि उपहार प्रदान गरिएको थियो ।कार्यक्रम सावित्री पन्तको संयोजनमा भएको भाषा कक्षाका पिन्सिपल डा शम्भु घिमिरेले बताए ।

झण्डै ८० भन्दा बढी वालवालिका र अभिभावक सहभागी भएका सो कार्यक्रम गत वर्षहरुको जस्तै निरन्तरता भएको भाषा कक्षाका पिन्सिपल डा शम्भु घिमिरेले बताए । “हामीले दशै तिहार भब्य रुपले मनाएजस्तै गरि अमेरिकाका चाडपर्वहरु पनि मनाउदा यसवाट वालकालिकाहरुले सास्कृतिक विविधताको बारेमा जान्ने मौका पाउछन्”- डा घिमिरेले भने।

डा. घिमिरेका अनुसार हरेक बर्ष अभिभावकहरुवाट एकजनालाई स्यान्टा बन्न अनुरोध गरिन्छ र ईच्छुक अभिभावक स्यान्टा बन्छन् । यस वर्षको स्यान्टा अभिभावक पुरुषोत्तम सिग्देल बनेका थिए । यसपालीको स्यान्टाले अर्काे बर्षको स्यान्टा नोमिनेट गरिसकेको भएपनि वालवालिकालाई भने नाम गोप्य राखिएको प्रिन्सिपल घिमिरेले बताए । उनले भने-“बच्चाहरुलाइ स्यान्टा आउंछ भन्ने थाहा छ, तर को स्यान्टा भन्ने थाहा हुदैन, यसले उनीहरुमा क्यूरिओसिटी जगाउछ र अर्काे वर्षसम्मलाई उत्साहित बनाउछ “। जुम कक्षामा पनि वालवालिकालाई स्यान्टासंग भेट गराइएको थियो । अर्का अभिभावक अनिल घिमिरे जुम कक्षामा स्यान्टा बनेका थिए । जुम कक्षा र कार्यक्रममा फरक फरक स्यान्टा भेट्दा बच्चाहरु अचम्मित भएका थिए ।

नेपाली भाषा कक्षाकी सचिव सुष्मा काफ्लेले यस वर्षको कार्यक्रम पहिला बर्षहरुकै निरन्तरताको रुपमा मनाइएको बताइन् । सबै वालवालिकाहरुले रमाइलो गर्दै स्यान्टावाट उपहार लिए उनले भनिन्- “यस्ता कार्यक्रमले वालमनोविज्ञानमा सकारात्मकता ल्याउछ” ।

भाषा कक्षाकी शिक्षिका करुणा सेढाइंले वालवालिकालाई गत वर्ष बच्चाहरुको घरघरमा गएर उपहारहरु दिएको स्मरण गर्दै यसपटक भने एकापसमा भेटभाट र उपहार एवं शुभकामना आदानप्रदानको लागि  फिजिकल कार्यक्रम नै आयोजना गरिएको बताइन । “धेरै अभिभावक र विद्यार्थीहरुलाई पनि भेट्ने अवसर पाइयो, उनले भनिन, “नेपाली भाषा कक्षाले भाषा मात्र होइन, सस्कृति र संस्कारलाई पनि जोड्ने काम गरेको छ” । नेपाली भाषा कक्षाले नेपाल र अमेरिकाको सस्कृतिलाई जोड्ने काम गरेको उल्लेख गर्दै  सेढाइं भन्छिन्-” हामी नेपाली वोल्न र लेख्न मात्र होइन, नेपाली सभ्यता र सस्कृति पनि सिकाउछौ “।
स्यानफ्रान्सिस्को बे एरियामा संचालित नेपाली भाषा कक्षावाट धेरै नेपाली वालकालिकाहरु लाभान्वित भएको अभिभावक एवं स्वयंसेवक किशोर जोशीले बताए । कार्यक्रममा सहभागी वालवालिकाहरु निकै उत्साहित देखिएका थिए ।

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result