काठमाडौं । नयाँ सरकार बनेसँगै लगातार बढिरहेको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार पनि उच्च अंकलले बृद्धि भएको छ । विहीबार नेप्से ५६.८८ अंकले बढेर २,०२९ अंकमा पुगेको हो।
आज कुल २ अर्ब ८६ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो। यसदिन सबै उपसमूह बढेका छन्। बैंकिङ २४, विकास बैंक ११६, फाइनान्स ८७, होटल तथा पर्यटन ७६, जलविद्युत् १०५, जीवन बिमा ३८५, उत्पादन ११२, माइक्रोफाइनान्स ११३, निर्जीवन बिमा ३४८, अन्य ४१ र व्यापार उपसमूह ४७ अंकले बढेको छ। २०८ कम्पनीको मूल्य बढ्दा जम्मा ६ वटाको घटेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-