काठमाडौं । बुधबार पनि शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । आज नेप्से ०.१५ अंकले बढेको हो ।
नेप्सेका अनुसार आज ३१३ धितोपत्रको ७२ लाख चार हजार २७२ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९ रुपैयाँको कारोबार भएको छ ।
आज पोखरा फाइनान्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । माइखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.८४ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-