काठमाडौं ।विहीबार पनि शेयर बजारमा ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक १९ दशमलव ५६ अंकले घटेको हो ।
आज ३१५ कम्पनीका ४० हजार ९ सय १२ पटकको कारोबारमा ५३ लाख ४४ हजार ६ सय १३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ९३ करोड ६१ लाख २ हजार ७ सय ९२ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ०४ अंकले बढेर ३५० दशमलव ४७ को विन्दुमा पुगेको छ ।





प्रतिक्रिया लेख्नुहोस्:-