काठमाडौं । सरकारी निकायको अनुमति नै नलिएको भन्दै नेपाल प्रहरीले काठमाडौंको होटल सोल्टीमा हुन लागेको दुबई प्रोपर्टी मेला रोकेको छ ।
कार्यक्रम अनुमति लिएको नपाइएपछि हस्तक्षेप गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।
उनका अनुसार आइतबार अपराह्न खबर प्राप्त भएपछि कार्यक्रम राख्दै सञ्चालक मध्येका चार जनाको पासपोर्ट बरामद गरिएको छ । ‘यसको अनुसन्धान गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको हो, त्यसैले बरामद गरेर अनुसन्धानका लागि उतै जिम्मा लगाउँछौं’, कार्कीले भने ।
विदेशी विनिमय ऐन, २०१९ ले नेपाली नागरिकले विदेशमा लगानी गर्न नहुने व्यवस्था गरेको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-